गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमलेसियाबाट उद्धार गरिएका मजदुरलाई माओवादीद्वारा राहत वितरण

मलेसियाबाट उद्धार गरिएका मजदुरलाई माओवादीद्वारा राहत वितरण

September 11, 2016३५१ पटक

२६ भदौ, काठमाडौं । मलेशियामा अलपत्र परेपछि नेपालमा उद्धार गरिएका धनुषा र सप्तरी जिल्लाका आप्रवासी मजदूरहरुलाई नेकपा माओवादी केन्द्रले क्षतिपूर्ति वाफतको रकम वितरण गरेको छ ।

नेता रामबहादुर थापा (बादल)ले क्षतिपूर्ति बापतको रकम आइतबार माओवादी केन्द्रीय कार्यालय पेसरसडाँडामा आयोजित कार्यक्रममा वितरण गरेका हुन् ।

badal

मलेशियामा काम गरेको कम्पनी टाट पल्टेर बन्द भएपछि अलपत्र परेका धनुषाका राम आधार राय, रामप्रताप महतो र एमडी मुस्ताक तथा सप्तरीका महेश कुमार यादव र सुखमोचन मण्डललाई रकम वितरण गरेको माओवादी केन्द्रले जनाएको छ ।

मलेशियामा माओवादीसँग निकट राहेर सक्रिय हुँदै आएको नेपाली जनप्रगतिशील मञ्चले स्थानीय अधिकारवादी संस्था तानाकानितासँग मिलेर ती मजदूरहरुको पक्षमा त्यहांको श्रम अदालतमा मुद्दा लडेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै अदालतले मजदूरहरुलाई क्षतिपूर्ति रकम दिलाउन लिक्विडेटरलाई आदेश दिएको थियो । उक्त आदेश पश्चात प्राप्त १७ हजार मलेशियन रिंगेट मञ्चले १७ जना मजदूरहरुका लागि माओवादी केन्द्र मार्फत उपलब्ध गराएको थियो ।

नेता बादलले रकम थोरै भए पनि सदुपयोग गर्न र यसलाई माओवादीको मजदूर पक्षीय एक चिनोका रुपमा बुझ्न आग्रह गरेका थिए ।

उद्धार गरिएका अन्य मजदूरहरुको परिवारसँग सम्पर्क भइरहेको र उनीहरुलाई पनि रकम प्रदान गर्ने माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा बिदेश विभाग सचिव युवराज चौंलागाईंले बताए ।

उक्त कम्पनीबाट हरेक मजदूरले २६ हजार ३५० रुपैयाँ अर्थात् १ हजार मलेशियन रिंगेट प्राप्त गरेको माओवादीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण