गृहपृष्ठ » अार्थिक, देवदह विशेष, पत्रपत्रीका, मुख्य समाचारकोरिया रोजगारीः कडा काम, राम्रो दाम

कोरिया रोजगारीः कडा काम, राम्रो दाम

August 20, 2015६०६ पटक

३ भदौ, काठमाडौं । घर, कार र करिअर मध्यम वर्गीय नेपाली युवाको एउटा जबर्जस्त सपना हो। त्यही सपना पछ्याउँदै कोही अमेरिका पुगेका छन् त कोही युरोप। दक्षिण कोरिया नेपाली युवाका लागि एउटा यस्तो गन्तव्य हो जहाँ पुग्न धेरै पैसा खर्च हुँदैन। पढाइमा अब्बल भइरहनु पर्दैन। र नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी एजेन्सीमा काम गर्नेहरुले जतिकै कमाउन सकिन्छ, मासिक लाख रुपैयाँभन्दा बढी।
korea-2
नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमबीएसको पढाइ सकेका पर्वतका जीवन पोखरेल यतिबेला रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको तयारीमा छन्। कोरिया जान पाए मासिक डेढ लाख रुपैयाँसम्म कमाउन सकिन्थ्यो भन्ने सपना सम्झेर उनी कोरियाली भाषाको तयारी गर्दैछन्। ‘हाम्रो स्तरको पढाइले नेपालमा त्यति कमाउने गरी जागिरै पाइँदैन’, उनी भन्छन्, ‘सोर्सफोर्स बिना त काम पाउनै गाह्रो छ।’

इपिएसमार्फत् कोरिया लाने कामदार छनौटका लागि कोरियाली भाषा परीक्षा आगामी असोज २ र ३ गते हुँदैछ। जीवन सो परीक्षामा सहभागी हुँदैछन्। उनीसँगै ५० हजार नेपाली युवाले कोरियाली भाषाको जाँच दिन फारम भरेका छन्। ‘सरकारी समन्वयमा थोरै पैसा तिरेर राम्रो कमाइ गर्न सकिने हुनाले युवामा कोरिया आकर्षण बढ्दो छ’, इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोला भन्छन्, ‘करिब ५० हजार युवाले आवेदन फारम दर्ता गराएका छन्।’ यस अघि पाँचौं पटकको परीक्षामा करिब ६० हजार परीक्षार्थी सहभागी रहेको नागरिकमा खबर छ ।

रोजगार अनुमति प्रणालीअनुसार कोरिया पठाउन थालिए (२००८)देखि हालसम्म यस्तै सपना देख्ने ३२ हजार ५ सय युवा कोरिया गइसकेका छन्। यस मध्ये ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा र २० प्रतिशत युवा कृषि, पशुपालन तथा मस्यपालन क्षेत्रमा कामदारको रुपमा कार्यत छन्। ‘आउँदो असोज २ र ३ गते हुन लागेको परीक्षा छैटौं हो,’ शाखाका निर्देशक डिल्लीराम बास्तोलाले भने, ‘सरकारी समन्वयमा न्यून लागतमा उच्च प्रतिफल पाइने हुनाले कोरिया रोजगारप्रति आकर्षण बढेको देखिन्छ।’

सम्झौता हुनुअघि आफ्नै तरिकाले करिब १ हजार कामदार कोरिया गएको तथ्यांक शाखासँग छ। कोरियामा कामदार पठाउने सातौं मुलुकको रुपमा सन् २००७ मा सम्झौता गरेको नेपाल हाल कोरियाली कम्पनीहरुको कामदार छनोटको दोस्रो उत्कृष्ट मुलुक बनेको छ।uf

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण