गृहपृष्ठ » मुख्य समाचार, समचारठगी गरेको अभियोगमा कारबाही

ठगी गरेको अभियोगमा कारबाही

September 11, 2016२१० पटक

काठमाडौं, भदौ २६  । भूकम्पपीडितका लागि भनी राहत संकलन गरेर ठगी गरेको अभियोगमा एनजिओका अध्यक्ष र महासचिवविरुद्ध प्रहरीले ठगी मुद्दा चलाएको छ।

ngo

दुई साताअघि पक्राउ परेका बुद्धिष्ट जनअधिकार मञ्च नामक गैरसरकारी संस्थाकी अध्यक्ष काठमाडौं बुढानिलकण्ठकी सकुन शेरचन्द र महासचिव अमरकान्त चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरोले ठगी मुद्दामा कारबाही थालेको हो।

उनीहरूले भूकम्पपीडितका लागि भनी संकलन गरिएको रकममध्ये १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैयाँ ठगी गरेको भन्दै संस्थाकै पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरेका थिए।

अमेरिकास्थित ‘गो फन्ड मि’, मलेसियाको ‘शाक्यमुनि फाउन्डेसन’ र दुबईको ‘मेकान्नी’ तथा अन्य व्यक्तिहरूका पटक–पटक गरी उक्त संस्थाले ३ करोड १७ लाख ४६ हजार ५ सय १ रुपैयाँ संकलन गरेको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण