गृहपृष्ठ » खेलकुद२० वर्षपछि जर्मनी महिला खेलाडीलाई युएस ओपन उपाधि

२० वर्षपछि जर्मनी महिला खेलाडीलाई युएस ओपन उपाधि

September 11, 2016३८८ पटक

काठमाडौं, भदौ २६ । जर्मनीकी एन्जेलिक कार्बरले वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनको यस वर्षको उपाधि जितेकी छिन्। २८ वर्षिय कार्बरले न्युयोर्कमा शनिवार राती सम्पन्न महिलातर्फको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिसकोभालाई ६–३, ४–६ र ६–४ लामो सेटमा पराजित गरिन्।

timthumb
उनी २० वर्षपछि युएस ओपन जित्ने जर्मनी महिला खेलाडी बन्न पुगेकी छिन्। सन् १९९६ मा अन्तिम पल्ट स्टेफी ग्राफले युएस ओपनको उपाधि जितेकी थिइन्।

यस वर्षको जनवरीमा वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि पनि जितेकी कार्बर शनिवारको नतिजापछि महिला वरियताको शीर्षस्थानमा पुग्ने सम्भावना बढेको छ। ‘मेरो सबै सपना शनिवार पुरा भएको छ। म यसको मजा लुटिरहेको छु,’ यसै वर्ष २ वटा ग्रान्ड स्लाम उपाधि जित्न सफल भएकोमा खुसी देखिएकी कार्बरले भनिन्।

सेमिफाइनलमा विश्व नम्बर १ अमेरिकाकी सेरेना विलियम्सलाई हराएपछि कार्बरको स्थानमा प्लिस्कोभाको सम्भावनातर्फ धेरैले लख काटेका थिए। तर, कार्बरले २४ वर्षिय प्लिस्कोभालाई संघर्षपूर्ण खेलमा हराइन्। कार्बरले सन् २०१६ मा खेलेको तीन ग्रान्ड स्लाम उपाधिमध्ये दुईवटामा आफ्नो छाप छोडेकी हुन्। प्लिस्कोभाले गत महिनामात्र सिनसिनाटी फाइनलमा कार्बरलाई पराजित गरेकी थिइन्।

कार्बर यस वर्षको सुरुवातमा दसौं वरियतामा थिइन्। उनी विम्बल्डनको फाइनल पनि पुगेकी थिइन्। जहाँ उनले सेरेनासँग फाइनलमा पराजय भोग्नु परेको थियो। उनलाई रियो ओलम्पिकको फाइनलमा मोनिका पुइगले हराएकी थिइन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण