गृहपृष्ठ » अार्थिक, समचारलेकाली सहकारीको व्याज आम्दानी २ करोड

लेकाली सहकारीको व्याज आम्दानी २ करोड

September 11, 2016४३५ पटक

भदौ २६ गुल्मी– जिल्लाकै पुरानो लेकाली बचत तथा ऋण सहकारीले गत आर्थिक बर्षमा ऋण लगानीबाट २ करोड २२ लाख ४५ हजार ४ सय ४१ रुपैयाँ व्याज आर्जन गरेको छ ।sahakari_20140113095215 बैकबाट प्राप्त व्याज मात्रै सोआवमा १३ लाख २२ हजार ८ सय ३५ रुपैया १३ पैसा रहेको जनाएको छ । सो आवमा ७ सय ७३ जना सदस्यलाई २० करोड ८६ लाख ४० हजार ऋण लगानी गरेको संस्थाका अध्यक्ष गोपला प्रसाद पन्थीले जानकारी दिए । सो अवधीमा ६ सय ३६ जना सदस्यबाट १५ करोड १२ लाख ११ हजार ८ सय १० रुपैयाँ ऋण अशुली भएको छ । संस्थाले सो आवमा १३ लाख २ हजार ८ सय ६० रुपैयाँ कर तिरेको छ भने कुल कारोवार ४९ करोड ५९ लाख ३३ हजार ४ सय १७ रुपैयाँ ८० पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण