उडाउने बेलामा यति एयरको बिमानको ढोका नलागेपछि..
भदौ-३, काठमाडौं ।
काठमाडौंदेखि विराटनगरका लागि मध्यान्ह १२ बजेर २० मिनेटमा छुट्न लागेको यति एयरको विमानमा ढोका नलाग्दा यात्रुहरुले करिव एक घण्टा कुर्नुपरेको छ ।
यति एयरको एनवाईटी ७९१ विमानको ढोका बन्द गर्न खोज्दा नलागेपछि नियमित उडान रद्ध गर्दै यात्रुहरुलाई एक घण्टा कुराइएको हो ।
विमानमा यात्रुलाई चढाएर एयर होस्टेजले सिट बेल्ट लगाउन आग्रह गरेलगत्तै विमानको ढोका बन्द नभएपछि यात्रुहरुलाई ओरालिएको थियो । विमानमा समस्या आएपछि एक घण्टापछि अर्को विमानमा यात्रुहरुलाई विराटनगर पठाइएको थियो ।
समाचार आर्थिक राष्ट्रिय दैनिकमा छापिएको छ ।