गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारभारतको कस्मिर तनाग्रस्त, भिडन्तमा आठ जनाको मृत्यु

भारतको कस्मिर तनाग्रस्त, भिडन्तमा आठ जनाको मृत्यु

September 12, 2016४४३ पटक

काठमाडौं, भदौ २७ । भारत प्रशासित कस्मिरमा भएको पछिल्लो भिडन्तमा सात चरमपन्थीसहित आठ जनाको मृत्यु भएको छ । सेनाको ब्यारेक नजिक पुन्छ जिल्ला प्रशासन कार्यालयको हातभित्र चरमपन्थी प्रवेश गरेपछि भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ ।

1473644752kasmir1

जिल्ला प्रशासन कार्यालयको हातामा चरमपन्थी प्रवेश गरेपछि सेनाले गोली चलाएको थियो ।

मारिने चरमपन्थीको पहिचान खुल्न सकेको छैन । चरमपन्थीसँगको भिडन्तमा एक प्रहरीको समेत मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

यसैगरी कुपवाडा जिल्लाको नौगाम सेक्टरमा घुसपैठ गर्न खोज्ने तीन चरमपन्थीको मृत्यु भएको छ ।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने चरमपन्थीको प्रयासलाई असफल पारिदिएको भारतीय सेनाले जनाएको छ ।

हिज्बुला मुजाहिदिनका कमाण्डर बुरहान बानी मारिएपछि चर्केको हिंसाले उग्र रुप लिएपछि कश्मिर तनावग्रस्त बनेको छ । तनावकै कारण विगत दुई महिनादेखि कफ्र्यु जारी रहँदै आएको छ ।

कस्मिरमा पछिल्ला ६५ दिनमा अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ । घटनामा १० हजार घाइते भएका छन् । प्रहरीले साढे ५ हजार सुरक्षाकर्मी पनि प्रदर्शनका क्रममा घाइते भएको जनाएको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण