गृहपृष्ठ » खेलकुदचेल्सीलाई स्वान्सी सिटीले बराबरीमा रोक्यो, चम्किए डिएगो कोष्टा

चेल्सीलाई स्वान्सी सिटीले बराबरीमा रोक्यो, चम्किए डिएगो कोष्टा

September 12, 2016३८८ पटक

काठमाडौं, भदौ २७ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई स्वान्सी सिटीले बराबरीमा रोकेको छ । स्वान्सी सिटीको मैदानमा भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलको १८ औं मिनेटमा चेल्सीका डिएगो कोष्टाले पहिलो गोल गरे ।

1473643610costa

दोस्रो हाफमा स्वान्सीका जिल्फी सिगुर्डसन र लेरोए फरले एक–एक गेल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।

८१ औं मिनेटमा डिएगो कोष्टाले दोस्रो गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । यसपछि कुनै पनि टोलीले गोल थप्न नसक्दा खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

यो बराबरीपछि चेल्सीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

लिगका सुरुवाती चार खेलमा अपराजित रहेको म्यानचेस्टर सिटी १२ अंकको साथ शीर्ष स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण