गृहपृष्ठ » अन्तर्राष्ट्रियनेपाली भाषाको सम्रक्षणमा पाण्डे

नेपाली भाषाको सम्रक्षणमा पाण्डे

September 13, 2016४१४ पटक

उज्यालो सम्बाददाता/न्यु जिल्यान्ड/ नेपालीहरु बिदेसिने क्रमसंगै उनीहरुका केटि केटीहरुले नेपाली भाषा बोल्न छोडीसकेका छन।  हुनत नेपालमै बस्ने हरुले पनि आफ्ना छोरा छोरीहरु बोडिंग स्कुल गए र अंग्रेजी फर्रर बोले भने गर्ब गर्ने गर्छन।  एक पटकको नेपाली सधैको नेपाली भनेर सोच्नेहरुले भने आफ्नो कला सस्कृतिको जगेर्ना गर्न पछी परेका छैनन।  अमेरिकाका, बेलायत र बिश्वका विभिन्न देशहरुमा नेपाली कक्षाहरु संचालन गरिएका खबरहरु प्राप्त भैरहेका छन।  न्यु जिल्यान्डको क्राइस्टचर्चमा पनि नेपाल न्यु जिल्यान्ड फ्राईन्शिप सोशाइटी र क्यान्टरबुरी नेपालिज सोशाईटीले साना साना केटा केटिहरुलाई नेपाली भाषाको कक्षा संचालन गर्दै आएका छन लामो समय शिक्षण पेशामा बिताएका नेपालप्रेमी क्राइस्टचर्च निवाशी युवा दीपक पाण्डे र क्यान्टरबुरी नेपालिज सोशाईटीका सदस्यहरुको प्रयासमा हिजो बाट नेपाली भाषा कक्षा सुरु भएको छ सहयोगीका रुपमा अम्बिका बस्नेत र अनिता बरालले काम गर्ने छन् भने पाठ्यक्रम निर्माण र पठनपठानको जिम्मा भने दीपक पाण्डेले नै लिएका छन।  नेपाली भाषाको महत्वको बारे शिक्षक दीपक पाण्डेले भने मेरो छोराले मेरो बुवा आमा संग कुरा गरेन, फोन गर्दा लुक्न्न गयो भने नेपालमा बस्ने अंग्रेजी नजान्ने बुवा आमालाई कति नराम्रो र नमज्जा लाग्ला? विदेशमै जन्मे हुर्के पनि आखिर नेपाल त जानु नै पर्छ आफ्ना नाता गोता त नेपालमै हुनु हुन्छ नि एक अर्को प्रशंगमा क्यान्टरबुरी नेपालिज सोशाईटीका सभापति समेत रहेका बिष्णु पोख्रेलले भन्नु भयो नेपाली लेख्न र फारम भर्न नजानेकै कारण यूरोपमा बस्दै आएका आफ्नो साथीका छोरा छोरीले काठमाडौँ पोखरा प्लेनमा बिदेशी सरह महँगो पैसा तिरेको र भक्तपुर दरबार तिर घुम्न जादा डलर मागेको तितो अनुभबले आफ्ना बच्चाहरुलाई नेपाली भाषा सिकाउन जरुरि भएको आफुलाई भित्रै देखि लागेको हो। क्राइस्ट चर्च सिटी काउन्सिलले केहि रकम उपलब्ध गराएको भए पनि प्रयाप्त नभएकोले अबिभाबकहरुले समेत सहयोग गर्ने बचन दिनु भएको कुरा शिक्षक पाण्डेले बताउनु भयो। मेमोरिअल एभमा रहेको बर्न साइड प्राइमारी स्कुलमा सुरु भएको नेपाली कक्षामा २४ जना बाल बालिकाहरुले नाम लेखाएका छन् र प्रत्येक हप्ताको आइतबार दिनको २ घण्टा नेपाली लेख्न र पढ्न लगाइने छ।  होमवोर्क दिने र घरमा पनि नेपाली बोल्न र लेख्न लागाउनु अबिभाबकको पनि कर्तब्य हो भन्दै नियमित रुपमा हाजिर हुन् समेत अनुरोध गरिएको छ। नब नियुक्त पर्यटन दुत समेत रहनु भएका सोसाइटीका सदस्य बुद्धि सागर घिमिरेले धार्मिक, भाषिक र सास्कृतिक पर्यटन प्रबर्धन गर्न आफु लागि परेको र नेपाली कक्षा सुरु गर्नु भाषा सम्रक्षणको एउटा पाटो हो भन्दै आगामी दिनहरुमा अरु के गर्न सकिन्छ भनि सबै समुदायहरुसंग सल्लाह सुझाब संकलन गर्ने बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण