युवा संघ द्वारा नेपाल टेलिकमलाई ज्ञापन पत्र ।
रविन शर्मा चापागाई / नवलपरासी। नेपालको मध्य भाग पर्ने नवलपरासी जिल्लाको तराई भाग भौगोलिक हिसाबले सुगम मानिन्छ ,भौगोलिक रुपमा सुगम भएता पनि सञ्चारको क्षेत्रमा अझै पनि केही गाबिसहरु बिकट नै रहेका छन जिल्लाका नर्सही, रुपौलिया लगायतका दक्षिणी क्षेत्रका धेरै गाबिसहरुका जनताहरुले नेपालको सरकारी सञ्चार नेपाल टेलिकमको सञ्चार सुबिधाबाट बञ्चित हुनुपरेको छ । एक्काइसौ शताब्दिमा पनि सञ्चारदबाट बञ्चित हुनुपर्दा उक्त क्षेत्रका जनता दुखी छन। उक्त कुराहरुलाई मध्य नजर गर्दै युवा संघ नवलपरासिले जिल्लाका दक्षिण भेगमा सन्चार सेवा चुस्त दुरुस्त हुनु पर्ने भने भन्दै उक्त क्षेत्रमा नेपाल टेलिकमको BTS टावर निमार्णको लागी स्थानियको माग पत्र एवम सम्वन्धित गा वि स कार्यालयको सिफारीस सहित नेपाल टेलिकम कार्यलय बर्दघाटका कार्यलय प्रमुख प्रकास खनाललाई युवा संघ नेपाल नवलपरासी सह- संयोजक युवराज डुम्रे, जिल्ला कमीटी सदस्य दामोदर पाण्डेय(निर्मल) र क्षेत्रिय अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोश) लगायतका टोलिले ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै खनालले युवा संघले उठाएको समस्याको समाधान छिट्टै हुने आश्वाशन दिनुभयो।