गृहपृष्ठ » साहित्यएकल हाइकु बाचन कार्यक्रम सम्पन्न ।

एकल हाइकु बाचन कार्यक्रम सम्पन्न ।

September 13, 2016३८० पटक

हिरु तिवारी /नवलपरासी। जहदा समाुदायिक पुस्तकालय तथा स्रोत केन्द्र जहदाको आयोजनामा खगेन्द्र बस्यालको एकल हाइकु बाचन कार्यक्रम जहदामा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष सुरज केशीको अध्यक्षता तथा प्राध्यापक तथा साहित्यकार ऋषिराम भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला भित्र रहेका र रुपन्देही लगाएतका साहित्यकारहरुको उपस्थिती रहेको थियो । साहित्यको एक बिधा हाइकुलाई पछिल्लो समयमा परिस्कृत गर्दै हाइकु विधामा विशेष कलम चलाउदै आउनुभएका साहित्यकार खगेन्द्र बस्यालले हाइकु विधालाई प्रचार प्रसार गर्ने उदेश्यका साथ हाइकु बाचन यात्रा सृङखलाबद्ध रुपमा बाचन गर्दै आएकोमा यो कार्यक्रम प्रथम सृङखला रहेको छ । बस्यालले उक्त कार्यक्रममा २ सय बढी हाइकु बाचन गर्नुभएको थियो । सोही कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै कलाकार टिका पहारीले साहित्य सगितं र कलाकारीता समाजका अभिन्न अंग हुन भन्दै यस्ता कार्यक्रमहरु गाउ गाउ तहसम्म पुग्नुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा साहित्यकार डाक्टर मुरारी पराजुली, राम हरि अधिकारी, विनोद चौधरी, प्रेम बस्याल, सगरमाथा आरोहि तुल्सीराम भण्डारी सञ्चारकर्मी मुक्तीनाथ घिमिरे लगाएत दर्जन भन्दा बढी साहित्यकारहरुले आ आफ्ना रचना बाचन गर्नुभएको थियो । कार्यक्रम श्रोत केन्द्रका सचिव गोपाल आलेको स्वागत मन्तक्य रहेको कार्यक्रमको सञ्चालन नवलपरासी साहित्य परिषदका सह सचिव दिपक बरालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण