गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिगृहमन्त्रीलाई डिआइजीले भने, ‘तपाईंका कारण हाम्रो शिर निहुरिएको छ’

गृहमन्त्रीलाई डिआइजीले भने, ‘तपाईंका कारण हाम्रो शिर निहुरिएको छ’

August 20, 2015२३८ पटक

BamdevGautam_20141022072217

काठमाण्डु, २ भदौ– नेपाल प्रहरीका माथिल्लो तहका सबै अधिकृतहरुको सामु त्यसरी आफ्नै आलोचना सुन्नपर्ला भन्ने कुरा गृहमन्त्री बामदेव गौतमले सायदै सोचेका थिए होला । तर, गत शुक्रबार उनकै सामुन्ने प्रहरी अधिकृतले पचासौं जनाको बीचमा भने,‘तपाईं कारण हाम्रो शिर निहुरिएको छ ।’

कार्यक्रम थियो –माथिल्लो तहका प्रहरी अधिकृतका लागि आयोजित २१ दिने व्यवस्थापन तालिमको समापन । प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेका गौतम सामुन्ने त्यसरी कुरा राख्ने अधिकृत हुन्, डिआइजी नवराज सिलवाल । तालिममा सहभागी सात डिआईजी र १३ एसएसपीले गृहमन्त्री गौतमलाई सम्बोधन गर्दै भने, ‘अहिले नेपाल प्रहरीको अधिकार खोसेर सशस्त्रलाई दिने जुन काम भएको छ, त्यसबाट हाम्रो मनोबल खस्किएको छ । ताप्लेजुङको ओलाङचुङगोलामा नेपालको झन्डा फहराएर बसेको सिपाहीको पनि आज यहि कारणले शिर निहुरिएको छ । काम गर्ने जाँगर नै मरेको छ । ’
बुधबार साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण