गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, राजनीतिधुर्मुस-सुन्तली फाउण्डेसनलाई प्रधानमन्त्रीको एक महिनाको तलब हस्तान्तरण

धुर्मुस-सुन्तली फाउण्डेसनलाई प्रधानमन्त्रीको एक महिनाको तलब हस्तान्तरण

September 14, 2016५१४ पटक

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिनाको पारिश्रमिक धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् ।आज बालुवाटारमा प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रकाश दाहालले फाउण्डेसनलाई प्रधानमन्त्रीको तलब ७७ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

dhurmus-suntali-foundation

यसअघि भदौ पहिलो साता बालुवाटार पुगेका धुमुस-सुन्तलीलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिनाको तलब फाउण्डेसनलाई सहयोग गर्ने बचन दिएका थिए ।

गत वर्ष बैशाख १२ को भूकम्पपछि कलाकार धुर्मुस सुन्तली भूकम्प पीडितका लागि नमुना बस्ती बनाउने काममा जुटेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण