गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारथाई प्रेमिकालाई अझै पूर्वयुवराज पारसले पैसा पठाइरहेको खुलासा

थाई प्रेमिकालाई अझै पूर्वयुवराज पारसले पैसा पठाइरहेको खुलासा

August 20, 2015२०४ पटक

काठमाण्डु, 3 भदौ– पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्वयुवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ ।

paras-shah-girl-friend लामो बसाइपछि नेपाल फर्किएका पारसले अहिले पनि कन्निकालाई थाइल्याण्ड पैसा पठाउने गरेको र पूर्वयुवराज पारसका त्यहाँ रहेका साथी र थाइल्यान्डमा रहेका नेपालीहरुको सहयोगमा पूर्वयुवराज्ञी हिमानीको चरित्रहत्या गर्ने खालका तस्बिर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको छ । थाइल्याण्डबाट नेपाल आएपछि पनि पूर्वयुवराज पारसले आफ्नी प्रेमिका कन्निकालाई पैसा पठाउँदै आएका थिए । प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुराचाहिँ रहस्यमय रहेको छ ।  पूर्वराजा ज्ञानेन्द्रले विगतका सबै कुरा बिर्सेर नेपाल नै बस्न पारसलाई आग्रह गरेपछि उनलाई पुनः बैंकक फर्काउन चाहने नेपाली समुदायले नै कन्निकालाई प्रयोग गरेर हिमानीको चरित्रहत्या गरेको बैंककमा रहेका एक नेपालीले जानकारी दिए । –नेपाल समाचारपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण