गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपाल महिला संघको तेस्रो महाधिवेशन सुरु

नेपाल महिला संघको तेस्रो महाधिवेशन सुरु

September 14, 2016२०१ पटक

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

sher_bahadur_deuba_mahila_sangh

कांग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा महाधिवेशन उदघाटन गरेका छन् । उदघाटन समारोहमा कांग्रेसका शीर्ष नेता, कार्यकर्ताहरुको सहभागीता छ ।

‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशन भदौ ३१ गतेसम्म हुनेछ ।

महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । देउवा र कृष्णप्रसाद सिटौलाले संयुक्त उम्मेदवार छनोट गरेका छन् ।

देउवा र सिटौलाको संयुक्त प्यानलबाट अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाइएको छ । पौडेल पक्षले भने अध्यक्ष पदमा मिना पाण्डेलाई अघि सारेको छ ।

महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ र निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गरिने नेतृ डा. डिला संग्रौलाले जानकारी दिइन् ।

महाधिवशेनमा मुलुकभरबाट करिब दुई हजार २०० जना प्रतिनिधि सहभागी हुनेछन् ।

२००४ साउन २४ गते स्थापना भएको महिला संघको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौंमा दोस्रो महाधिवेशन भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण