गृहपृष्ठ » मुख्य समाचार, समचारबाल दिवसको अवसरमा बालविवाह मुक्त वडा घोषणा

बाल दिवसको अवसरमा बालविवाह मुक्त वडा घोषणा

September 14, 2016१४८ पटक

सोतन्त्र नेपाल बुटवल, २९ भदौ । रुपन्देहीको सुर्यपुरा गाउ विकास समितिको वडा नम्वर नौ कानिजवालाई एक कार्यक्रमका बिच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले  बालबिवाह सामाजिक अपराध भएको र समाजबाट पूर्ण रुपमा बालबिबाह अन्तय हुनु पर्ने बताएका थिए । बाल दिवसको अवसर पारि गरिएको सो कार्यक्रममा ७३ किशोर र १८२ किशोरी रहेको सुर्यपुरा नमुना गा.वी.स वडा नं. ९ कानिजवामा आजकै दिनदेखी कुनै पनि बालबिवाह नहुने र हुन नदिने भन्दै बालबिवाह मुक्त वडा घोषणा कार्यक्रममा उपस्थिती सम्पूर्णले सामुहिक संकल्प गरेका थिए । unnamedलालिगुरास स्वावलम्बन समुहका सचिव गिता दूषादको सभापतित्व र सुर्यपुरा नमुना गा.वी.स सचिव टुकराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक दलहरु, समाजसेवी र स्थानियको उल्लेखनिय उपस्थिती रहेको थियो । कार्यक्रमका वक्ता एकता संवाद केन्द्रका किशोरि सुधा मोर्याले समाजमा बिध्यमान अवस्थामा रहेको बालबिवाह प्रथाको कारण उचित शिक्षा आर्जन गर्न नपाउने, शरीरीक र मानसिक रुपमा बिवाहको लागि तयार नहुँदै अभिभावकले बिहे गरीदिने गर्नाले किशोर किशोरिहरुको जीवन नै असफल भइरहेको र यसका लागि एक जनाले मात्र नभइ सिङगो समाजले नै साथ दिएर बालबिवाहलाई समाजबाट सधैंको लागी हटाउनु पर्ने बताउनु भयो । साथी सञ्जाल र संवाद केन्द्रका किशोरीहरुको सयुक्त प्रयासमा बालबिवाह बिरुद्धको सडक नाटक प्रस्तुत समेत गरिएको सुनगाभा सामुदायिक बिकास केन्द्रका क्षेमता अभिवृद्वी उत्प्रेरक इन्दु परीयारले बताउनु भयो । समाजमा अझै पनि धर्म र सस्कृतिका नाममा बिध्यमान रहेका कुरिती र अन्धबिश्वासलाई जनचेतना मुलक कार्यक्रमहरुको माध्यमबाट समाजलाई शुसुचित गराइरहेको सुनगाभा सामुदायिक बिकास केन्द्र, रुद्रपुरले भोलिका दिनमा पनि यस्ता खाल्का जनचेतना मुलक कार्यक्रमहरुबाट समाज परिवर्तन र बिकासको निम्ती लागि रहने केन्द्रका प्रोग्राम कोडीनेटर गोपाल के.शी.ले जानकारी गराउनु भयो । लालिगुरास स्वावलम्बन समुह, साथी सञ्जाल, सुर्यपुरा, संवाद केन्द्र र ग्रेजुयेट संवाद केन्द्रको सयुक्त आयोजना र सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर, सुर्यपुरा नमुना गा.वी.स, सुर्यपुरा र स्ट्रोम फाउन्डेशन नेपालको सहयोगमा सम्पन्न कार्यक्रमको सञ्चालन निरज मिश्रले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण