गृहपृष्ठ » समचारबढ्दो सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिकद्धारा अन्तरक्रिया

बढ्दो सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिकद्धारा अन्तरक्रिया

September 14, 2016११९ पटक

अशोक पोख्रेल/कपिलवस्तु, भदौ २९ । सवारी दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरि कार्यलयको आयोजनामा टा«फिक व्यावस्थापन तथा सवारि दुर्घटना न्युनिकरण विषयक अन्तरक्रिया कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा रहेको वाणगंगा यातायात व्यावसायि समिति कार्यलयको हलमा वुधवार सम्पन्न भएको छ ।

phota
कपिलवस्तुमा पछिल्लो समयमा सवारि दुर्घटनाको सख्या वढ्दो छ । अव्यावस्थित पार्किङ र सवारी चालकको लाहपरवाहिले गर्दा मानिसहरुले अकालमै ज्यान गएको हो ।
जिल्लाको पश्चिमि क्षेत्रमा अत्याधिक रुपमा सवारि दुर्घटना भएकोले यसलाई न्युनिकरण गर्न सबैको सहयोग चाहिने जिल्ला ट्रफिक प्रहरि इन्चार्ज राजकुमार रावलले सो कार्यक्रममा अपिल गर्नुभएको छ ।
कपिलवस्तुको चन्द्रौटामा अव्यावस्थित पार्कीङ भएकाले व्यापारिहरुले ठुलो समस्या झेल्नु परेकाले छिट्टै यसको समाधान गर्नुपर्ने चन्द्रौटा उद्योग वाण्ज्यि संघका अध्यक्ष जमसेद अलि मियाले वताउनुभयो । चन्द्रौटामा अव्यावस्थित रुपमा पार्कीङ हुने ट्रकहरुलाई वाणगंगा यातायात समितिले पार्कीङ गर्ने स्थान गराइसकेको वाणगंगा यातायात समितिका उपाध्यक्ष अर्जुन खरेलले वताउनु भयो ।
त्यस्तै जिल्लाको पश्चिमि क्षेत्रमा अत्यन्तै जोखिम पुर्ण घुम्टि रहेकोले दुर्घटना वढेको वडा प्रहरि कार्यलय चन्द्रौटा प्रहरि निरिक्षक राजकुमार सिलवालले वताउनु भयो । सोहि घुम्टिमा कन्भेक्स मिडर (ऐना) राखेमा सवारि दुर्घटना केहि हद सम्म न्युनिकरण हुने जिल्ला प्रहरि कार्यलयका प्रहरि नायव उपरिक्षक प्रलात अधिकारिले वताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण