गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारसुदुरमा बर्षेनी बढ्दै आत्महत्याका घटना

सुदुरमा बर्षेनी बढ्दै आत्महत्याका घटना

September 14, 2016२३५ पटक

भूमिराज जोशी/दिपायल, भाद्र २९  । सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रमा बर्षेनी आत्महत्याका घटनाहरु बढ्दै गरेको एक तथ्याँकले देखाएको छ । २०७० साउनदेखि ०७३ असारसम्ममा एक तीन सय ६ जनाले आत्महत्या गरेका छन ।

suicide1
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको बिगत तीन वर्षको घटना बिवरण अनुसार यस क्षेत्रमा प्रत्येक वर्ष आत्महत्याका घटनाहरु बढ्दै गरेको देखिएको छ । आत्महत्या गर्नेमा भुण्डिएर आत्महत्या गर्नेको संख्या सवैभन्दा बढी देखिएको छ । यो अवधीमा सवैभन्दा बढी आठ सय ८८ जनाले भुण्डिएर आत्महत्या गरेका छन ।
झुण्डिएर आत्महत्या गर्नेमा महिलाको संख्या चार सय ६० र पुरुषको संख्या चार सय २८ रहेको छ । ०७०/०७१ मा एक ६२, ०७१/०७२ मा एक सय ४६ र ०७२/०७३ मा एक सय ५२ महिलाले झुण्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याँकमा छ । यस्तै २०७०/०७१ मा एक सय ३०, २०७१/०७२ मा एक सय ३९ र ०७२/०७३ एक सय ५९ पुरुषले भुण्डिएर आत्महत्या गरेका छन ।
यस्तै तीन वर्षे अवधीमा बिष सेवन गरेर आत्महत्या गर्नेको संख्या तीन सय ९९ रहेको छ । यसमा महिलाहरुको संख्या दुई सय चार र पुरुषको संख्या एक सय ९५ रहेको छ ।
०७०/०७१ मा ७६ महिला र ६० पुरुष, ०७१/०७२ मा ६३ महिला र ५९ पुरुष र ०७२/०७३ मा ६५ महिला र ७६ पुरुषले बिष सेवन गरी आत्महत्या गरेका छन ।
यस्तै ०७०/०७१ मा चार र ०७२/०७३ मा एक गरी पाँच महिलाले आगो लगाएर आत्महत्या गरेका छन । यस्तै ०७२/०७३ मा एक पुरुषले पनि आगो लगाएर आत्महत्या गरेका छन । ०७०/०७१ मा एक पुरुष र ०७२/०७३ मा एक महिला र एक पुरुष गरी तीन जनाले अन्य किसिमबाट आत्महत्या गरेका छन । २०७२/०७३ मा सात महिला र तीन पुरुष गरी १० जनाले हाम फालेर आत्महत्या गरेको प्रहरीको तथ्याँकमा छ ।
सवै भन्दा वढी कैलालीमा आत्महत्याका घटनाहरु भएका तथ्याँकले देखाएको छ । तीन वर्ष अवधीमा यस जिल्लामा ६ सय १३ जनाले आत्महत्या गरेका छन । भुण्डिएर चार सय १२, बिष सेवन गरेर दुई सय ४१, आगो लगाएर दुई र अन्य किसिमबाट एक जनाले कैलालीमा तीन वर्षे अवधीमा आत्महत्या गरेको क्षेत्रीय प्रहरी कार्यालयको तथ्याँकले देखाएको छ ।
डोटीमा झुण्डिएर आत्महत्या गर्ने महिलाहरुमा २३ र पूरुष १९ गरी ४२ जना रहेका छन । बाजुरामा झुण्डिएर १२ महिला ७ पुरुष र बिष सेवन गरेर दुई महिला गरी २१ जनाले ज्यान गुमाएका छन ।
बझाङ्गमा झुण्डिएर १८ महिला र १० पुरुष, बिष सेवन गरेर एक महिला र एक पुरुष र आगो लगाएर एक महिला गरी ३१ जनाले तीन वर्षको अवधीमा ज्यान गुमाएका छन । अछाममा २४ महिला र २९ पूरुष, ५७ ले आत्महत्या गरेका छन ।
कञ्चनपुरमा झुण्डिएर एक सय १३ महिला, एक सय नौ पुरुष, बिष सेवन गरेर ८५ महिला, ७६ पुरुष, आगो लगाएर एक महिला र अन्य किसिमबाट एक महिला एक पुरुष गरी जम्मा तीन सय ८६ जनाले आत्महत्या गरेका छन । यस्तै बैतडीमा भुण्डिएर ३० महिला, १९ पुरुष, बिष सेवन गरेर चार महिला र सात पुरुष, आगो लगाएर एक पुरुष र हाम फालेर एक महिला गरी जम्मा ६२ जनाले आत्महत्या गरेका छन ।
दार्चुलामा झुण्डिएर ११ महिला, १९ पुरुष, बिष सेवन गरेर पाँच महिला, ६ पुरुष र हाम फालेर ६ महिला र तीन पुरुष गरी ५० जनाले आत्महत्या गरेका छन । डडेल्धुरामा झुण्डिएर १८ महिला, १४ पुरुष, र बिष सेवन गरेर सात पुरुष र पाँच महिला गरी जम्मा ४४ जनाले आत्महत्या गरेका छन ।
गरीबीका कारण, आफ्नो कार्यमा असफल भएको कारण, मदिराका कारण आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट वताउँछन । उनी भन्छन् ‘घटनाको प्रकृति हेर्दा महिलाहरुले आत्महत्या गर्नुको कारण घरेलु हिंसा र बालबिवाह पनि देखिएको छ ।’ परीक्षामा असफल भएका कारण पनि आत्महत्या गर्ने गरेको पाईएको बिष्ट वताउँछन ।
चलचित्रहरुको गलत बुझाई, प्रेम सम्वन्धमा आएको समस्या र पारिवारिक समस्याले गर्दा पनि धेरैले आत्महत्या गर्ने गरेको बिज्ञहरु वताउँछन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण