गृहपृष्ठ » मुख्य समाचार, समचारगोप्य सूचना दिनेलाई एक लाख पुरस्कार दिने  

गोप्य सूचना दिनेलाई एक लाख पुरस्कार दिने  

September 14, 2016५७० पटक

प्यूठान, २९ भदौ । नमादेबी हत्याकाण्डको गोप्य सुचना दिने अधिकारीलाई एकलाख नगद पुरस्कार दिने नमादेबी पोखे्रललका माईला छोरा प्रमोद पोखे्रलले बताउनु भएको छ । २०७१ चैत्र ५ गते प्यूठान जिल्ला ओखरकोट गाविस स्थित आहालखोलामा आफ्नै घरको करेसाबारीमा बमको धरापमा पारेर हत्या भएको थियो ।

received_1224818294242736
सञ्चार उद्यमी तथा स्वर्गद्धारी राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक प्रमोद पोख्रेलले आफ्नो आमाको हत्या गर्ने हत्यारा पत्ता लगाउन सबैले सहयोग गर्न अनुरोध गर्नु भएको छ । पोखे्रलले पाचँ बर्ष अघि देखि प्रकाशन गर्दै आएको स्वर्गद्धारी दैनिक समेत घट्ना संगै बन्द भएको छ ।
तत्कालीन प्रधानमन्त्री शुसील कोइराला नेतृत्वको सरकारले घट्नाको सत्य तत्थ्य पत्ता लगाउन गृहमन्त्रालयका उपसचिब केसबराज आर्चायको नेतृत्वमा छानबिन समिती गठन गरेको थियो । समितिले आफ्नो प्रतिबेदन गृहमन्त्रालयलाई बुझायपनि उक्त प्रतिबेदन हालसम्म सार्बजनीक हुन सकेको छैन ् ।

fb_img_1473846280378
उता जिल्ला प्रहरीकार्यालयले बमका टुक्रा संकलन गरी बम कुन प्रकृतीको हो भन्ने पत्ता लगाउन बिधिबिज्ञान प्रयोगशालामा पठाएको ल्याबरिर्पोट डेड्बर्ष हुदाँसमेत नआएको प्यूठानका प्रहरी प्रमुख रञ्जीत सिंह राठोरले बताउनु भएको छ । रिर्पोट नआउदा अनुसन्धान प्रकृयामा समेत असर परेको राठोरले बताउनु भयो ।
जिल्लामा आधादर्जन बढि हत्याका अपराधिहरु पत्ता लगाउन नसक्दा प्यूठानको सुरक्षा अबस्था कमजोर भएको जानकारहरु बताउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण