गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसरकारले सात उच्च अदालतको मुकाम तोक्यो (सूचीसहित)

सरकारले सात उच्च अदालतको मुकाम तोक्यो (सूचीसहित)

September 14, 2016३२४ पटक

२९ भदौ, काठमाडौं । सरकारले सात प्रदेशमा उच्च अदालतको मुकाम तोकेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले उच्च अदालतको मुकाम तोकेको हो ।

7-pradesh-map_mukam

मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को बिराटनगरमा, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहनेछ ।

यसअघि पुनरावेदन अदालत रहेको बाँकी ठाउँमा इजलास रहनेछन् । यस्तै वीरगञ्ज र ओखलढुंगामा पनि इजलास राखिने भएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने र असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण