गृहपृष्ठ » मुख्य समाचार, समचारपूर्वमा आज पनि ठूलो वर्षाको सम्भावना

पूर्वमा आज पनि ठूलो वर्षाको सम्भावना

August 20, 2015२०० पटक

काठमाडौं, भदौ ३ –  देशको मध्य र पूर्वका धेरै ठाउँमा रातीदेखि नै पानी परिरहेको छ । दिउँसो १२ बजेतिर पानी पर्न रोकिएपनि फेरि झरी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार पूर्वका एक दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ । बारा, पर्सा, रौतहट आसपासका ठाउँमा धेरै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पानी पार्ने न्यूनचापीय रेखा नेपालमा रहेको र त्योसँगै पूर्वमा न्यूनचापीय क्षेत्र बनेकाले बढी प्रभाव परेको मौसमविद अर्यालले बताउनुभयो ।

बेलुकादेखि कम पानी पर्ने र भोलिदेखि मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको मौसमविद् अर्यालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण