गृहपृष्ठ » मुख्य समाचार, राजनीतिप्रधानमन्त्री भएको एक महिनामै भारत किन गएको? सिंगडा खान? – एमाले अध्यक्ष ओली

प्रधानमन्त्री भएको एक महिनामै भारत किन गएको? सिंगडा खान? – एमाले अध्यक्ष ओली

September 15, 2016२८२ पटक

उज्यालो संबाददाता
भदौ ३० बिहीबार २०७३kp oli

काठमाडौं /पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण गर्नुपर्ने कारण आफूले नबुझेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकार बनेको एक महिनामै भारत गइहाल्नुपर्ने कुनै कारण र आवश्यकता नरहेको टिप्पणी गरे।

उनले कार्यक्रममा ब्यंग्यात्मक रूपमा भने, ‘प्रचण्ड जी, भारत भ्रमणमा किन जाँदै हुनुहुन्छ? सिंगडा खान?’ ओलीले भने,‘ सरकार बनेको एक महिना हुँदैछ अहिले नै भारत नगई नहुने के पर्‍यो त्यस्तो?’ यसैबीच उनले सरकार गठन लगत्तै दुई उपप्रधानमन्त्रीलाई छिमेकी मुलुकहरुमा दूत बनाएर पठाएको विषयमा आपत्तिसमेत जनाएका थिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण