गृहपृष्ठ » समचार, साहित्यरुक्तदान जिवनदान भन्ने शिर्षकमा नि.मा.वी स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

रुक्तदान जिवनदान भन्ने शिर्षकमा नि.मा.वी स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

September 16, 2016४३७ पटक

हिरु तिवारि, बर्दघाट। नेपाल रेडक्रस सोसाइटी, जुनियर रेडक्रस सर्कल श्री नवजिवन मावीको आयोजनामा रुक्तदान जिवनदान भन्ने शिर्षकमा दाउन्ने पश्चिम नवलपरासीका निमावी स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जुनियर रेडक्रस सर्कल, नवजिवन मावीका नायक शिक्षक राज किशोर चौधरीको अध्यक्षता तथा जिल्ला रेडक्रस सोसाइटी नवलपरासीका मन्त्री शशीधर कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय नवलपरासीका विद्यालय निरिक्षक पशुपति भट्टराईको विशेष अतिथिको रुपमा बोल्दै भट्टराइले विद्यालय स्तरमा पढाएई मात्र नभएर अतिरिक्त कृयाकलाप अनर्तगत विद्यार्थी जिवन देखी नै मानविय सेवको रुपमा अगाडी बढ्न यस्ता कार्यक्रमहरुले प्रभावकारिता रहने बताउनुभयो । त्यस्तै प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख अतिथि कण्डेलले रेडक्रस एउटा मानव कल्याणकारी सस्था भएको र यसले मानवको जिवनमा आइपर्ने विपतका बेलामा पनि सहयोग गरिरहेको र रक्तदान जिवनदान लाई पनि सबैले आत्साथ गर्दै यसको प्रचार प्र्सार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा दाउन्ने पश्चिमका निजी तथा सामुदायिक विद्यालय गरि २० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कुमुदिनी आवसिय मावी बर्दघाटका छात्र जागृत थापा प्रथम, ज्ञानज्योती एकेडेमी भुमहीका छात्र विक्रम तिवारी द्धितिय, दिब्यज्योती मावी चिसापानीका छात्र आशिष बस्याल तृतीय, दाउन्नेदेवी मावी बर्दघाटका छात्रा प्रज्ञा ज्ञवली र सार्वजनिक मावी मिसस्रौलीका छात्र आशिष पाण्डे सन्तावना स्थान हासिल गरेका छन । विजेतालाई प्रमाण पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रामु भुषाल, सपद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर कार्की, जुनियर युवा रेडक्रस समिति नवलपरासीका सयोंजक घनश्याम प्रसाद यादव लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो । जुनियर रेडक्रस सर्कल नवजिवन मावीकी अध्यक्ष अस्मिता भुषालको स्वागत मन्तब्य रहेको कायक्रमको सञ्चालन विद्यालयको शिक्षक दिलिप शर्माले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण