गृहपृष्ठ » राजनीति, समचारक्षेत्रिय अधिवेशनको तयारी पुरा, महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने ।

क्षेत्रिय अधिवेशनको तयारी पुरा, महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने ।

September 16, 2016२७४ पटक

हिरु तिवारि,बर्दघाट ।  नेकपा एमाले क्षत्रिय कमिटि क्षेत्र नं ४ नवलपरासीको दोस्रो क्षत्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताईएको छ । क्षत्रिय अधिवेशन भोली र पर्सी दुई दिन जिल्लाको सदरमुकाम परासी स्थीत परासी क्याम्पसको प्रांगढमा हुने र अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय महासचिव ईश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको एमाले क्षत्रिय कमिटी क्षेत्र नं. ४ ले आज परासीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । अधिवेशनले आगामी तिन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । क्षेत्र न.. ४ अन्तरगतका दुई नगरपालिका, पाँच वटा गाउँ विकास समितिका विभिन्न वडाहरुबाट छनौट भएका तिन सय जना प्रतिनिधिले भाग लिने क्षत्रिय अध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभएको छ । अधिवेशनका लागि प्रतिनिधि छनौट, स्वयमसेवक परिचालनको व्यवस्था, प्रमुख अतिथि लगायत अतिथिहरुको स्वागत सत्कार, मन्च निर्माण, खानपान लगायतका सम्पुर्ण व्यवस्थाको तयारी पुरा भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । अधिवेशनमा सहभागिताका लागि प्रचार प्रसार व्यपाक मात्रामा भईरहेको प्रचारप्रसार संयोजक रेशम शर्माले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरु वैजनाथ चौधरी, तिलक महत लगायतका नेताहरुको समेत सहभागिता रहने अधिवेशनमा उद्घाटन अघि विभिन्न जातजातिका भेषभुषा र सास्कृतिक नाचगान सहित बजार परिक्रमा गरिने क्षत्रिय समितिले जनाएको छ । अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने दावि गरिएको छ । यसैविच सात वर्ष पछि हुन लागेको क्षत्रिय अधिवेशनमा नयाँ नेतृत्वका लागि तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ नेतृत्वका लागि आकांक्षीहरुले उम्मेदवारी नै घोषणा नगरे पनि प्रतिनिधिहरु सँग व्यक्तिगत भेटघाट गरि आफ्नो पक्षमा मत तान्ने प्रयास गरिरहेका छन । क्षत्रिय अध्यक्षका लागि वर्तमान अध्यक्ष रामचन्द्र भण्डारी, उमानाथ पोखरेल, सुर्य दुवे लगायतको नाम चर्चामा छ । त्यस्तै, नेकपा एमाले क्षत्रिय कमिटि क्षेत्र नं ४ नवलपरासीको दोस्रो क्षत्रिय अधिवेशनको पुर्व सन्ध्यामा आज रामग्राम नगर सरसफाई गरिएको छ । परासी स्थीत बुद्धचोकबाट सुरु भएको सरसफाई एमाले पार्टी कार्यालय सम्म गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले कुचो लगाएर सुरु गरिएको सरसफाई कार्यक्रममा एमालेका प्रदेश न्. ५ का सदस्य घनश्याम कोईराला सहित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु, क्षत्रिय तथा नगर कमिटिका सदस्यहरु, भात्तृ संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायतको व्यापक उपस्थीति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण