प्रधानमन्त्रीकी पत्नी कारण भारत मा नेपाल को बेइज्यति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै भारत भ्रमणमा रहेकी सीता दाहालको कारण नयाँदिल्लीमा नेपालको बेइज्जती भएको छ । सीताले सामान्य कुटनीतिक व्यवहार समेत ख्याल नगर्दा नेपालको बेइज्जती भएको हो । प्रचण्डको उच्चस्तरीय भेटहरुका सबै तस्वीरमा सीता हात बाँधेर बसेकी छिन् । जून निकै अमार्यादित देखिन्छ । सीताको हाउभाउलाई लिएर आलोचना सुरु भइसकेको छ । परराष्ट्र मन्त्रालयका कर्मचारीले समेत उच्चस्तरी भेटमा अपनाउनुपर्ने मर्यादा नसिकाउदा यस्तो बेइज्जीत भएको हो ।
सामाजिक सञ्जालमा सीताको अमार्यादित हाउभाउबारे चर्काे आलोचना भएको छ । भारतीय पत्रकारहरुले समेत त्यसको सीताको अमर्याको विषयलाई लिएर टिकाटिप्पणी सुरु गरेका छन् । आजको दृष्टि न्यूजमा खबर छ