पौवाको शिलन्यास ।
उज्यालो सम्बाददाता /नवलपरासी । नवलपरासीको त्रिवेणी घाटमा निर्माण हुने पौवा (ट्रस्ट) को शिलन्यास भएको छ ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवाको शिलन्यास गरेका हुन । शिलन्यास कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हाम्रो देश अनेकतामा एकता भएको देश हो हामी प्राकृतिक रूपले धनि छौ,सवै मिलेर विकास कार्यमा अघि वढ्न जरुरि छ, स्थानिय स्तरमा सरकारी निकायले निर्माण गर्नुपर्ने पूर्वाधारलाई युवा सक्रियातामा निर्माण हुनु सकारात्मक कदम भएको बताए । उनले एमाले पार्टि जनताप्रति उत्तरदायि भएको पौवा निर्माण एउटा उदाहरण भएको बताए । नेकपा एमाले र युवासँघ नेपाल क्षेत्र नम्बर ६ नवलपरासीको सँयुक्त पहलमा पौवा निर्माण गर्न थालिएको युवा सँघ नेपाल क्षेत्र नम्बर ६ का अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष) ले जानकारी दिए । त्रिवेणी घाटमा दाह सँस्कार गर्नेहरुको चाप बढदै गएको र सागर जानेहरुको लागि घामपानीबाट ओतलाग्ने समेत कुनै सुविधा नभएकोले ‘युवासँघमा आवद्धता, सामाजिक काममा प्रतिवद्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै पौवा निर्माणमा युवा शक्ति क्रियाशिल भएको उनले बताए । पौवा निर्माणको लागि करिव ८ लाख खर्च लाग्ने र निर्माणकार्यमा लाग्ने खर्च सहयोग उठाएरै कार्तिक भित्रै पुरा गरिने एमाले क्षेत्र नम्बर ६ का अध्यक्ष राम प्रसाद अर्यालले बताए । शिलन्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरीले सुस्ता लगाएत त्रिवेणि क्षेत्रको बिकास तथा प्रादेशिक सिमांकन का समस्याहरु सदनमा कुरा उठाउने भनि जनाउनु भयो क्रायक्रममा जिल्लाका नेता लगायत कार्यकर्ता र स्थानियहरुको उपस्थिती रहेको थियो ।