गृहपृष्ठ » समचारसामाजिक र धार्मिक सदभावलाई कायम राख्न सके राष्ट् निमार्ण गर्न सकिने

सामाजिक र धार्मिक सदभावलाई कायम राख्न सके राष्ट् निमार्ण गर्न सकिने

September 16, 2016११९ पटक

हिरु तिवारी /नवलपरासी। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सामाजिक र धार्मिक सदभावलाई कायम राख्न सके समुन्नत राष्ट् निमार्ण गर्न सकिने बताउनु भएको छ । महासचिव पोखरेलले सामाजिक र रचानात्मक कार्य गर्दा सबैलाई समेटेर अगाडि बढ्न सके त्यसको नतिजा सकारात्मक आउने जिकिर गर्नुभयो। नेकपा एमाले नवलपरासी क्षेत्र नं ६ र युवा संघ क्षेत्र नं ६ को संयुक्त आयोजनामा त्रिवेणी सुस्ता १ मसानघाटमा पौवा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो । शिलान्यास समारोहमा केन्द्रिय सदस्य बैजनाथ चौधरी , जिल्ला कमिटि सदस्य रुक्मागत ज्ञवाली , कुमार आले , क्षेत्र नं ६ का इन्जार्च टेक नारायण उयाध्यय लगायतको उपस्थिती रहेको थियो। नवलपरासी क्षेत्र नं ६ को क्ष्ँोत्रिय सभापति रामप्रसाद अर्यालको अध्यक्षता र सागरमणि पाण्डेयको संचालनमा कार्यक्रम समपन्न भएको थियो। त्यस पुर्व त्रिवेणी स्थित स्थानीय संचारकर्मीसंगको कुराकानीमा महासचिव पोखरेलले बर्तमान सरकारबाट भएका राम्रा कुराको समर्थन र राष्ट् बिरोधी कार्य भएमा त्यसको सधै विरोध गरिने बताउदै देशको रक्षाका लागि सम्पुर्ण युवा शक्ति शिविल पोसाक लगाएर अगाडि बढन आह्वान गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण