गृहपृष्ठ » खेलकुद, मुख्य समाचार१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल काठमाडौंमा सुरु हुँदै

१९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल काठमाडौंमा सुरु हुँदै

August 20, 2015३०६ पटक

काठमाडौं, भदौ ३ – १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । भदौ १२ गतेसम्म हुने प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । यो प्रतियोगितामा नेपाल, भुटान र बंगलादेश रहेको समूह ए मा छ । समूह बीमा भने भारत, अफगानिस्तान र माल्दिभ्स छन् । नेपालले समुह चरणको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै भदौ ७ गते बंगलादेश विरुद्ध खेल्नेछ । दुवै समुहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुनेछ । प्रतियोगितामा नेपाल विमल घर्ती मगरको कप्तानीमा मैदान उत्रने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण