ओस्कार पिस्टोरियसलाई रिहा गर्न कानूनमन्त्रीले रोके
३ भदौ, काठमाडौं । दक्षिण अफ्रिकाका कानूनमन्त्री माइकल मासूथाले ब्लेड धावक ओस्कार पिस्टोरियसलाई जेलबाट रिहा गर्न रोक लगाएका छन् ।
पिस्टोरियस शुक्रबार जेलबाट रिहा हुने तय भएको थियो । तर, कानूनमन्त्रीले १० महिना सजाय भुक्तान गरेपछि पिस्टोरियसलाई रिहा गर्ने फैसलानाको कानूनी आधार नभएको बताएका छन् ।
ओलम्पिक आधव पिस्टोरियसले आफ्नो प्रेमिकाको गोली हानी हत्या गरेका थिए । जसमा उनलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।
तर, पिस्टोरियसले भने चोर आएको भनेर गोली हान्दा प्रेमिका परेको दाबी गर्दै आएका छन् ।
पिस्टोरियस शुक्रबार जेलबाट रिहा भएर घरमा नजरबन्दमा राख्ने निर्णय यसअघि सुनाइएको थियो ।
दक्षिण अफ्रिकाको कानून अनुुार पिस्टोरियसलाई आफ्नो सजायको छैटौं हिस्सा पुरा गरेपछि सुधार गृह जाने अधिकार छ ।
कानूनमन्त्रीको आदेशपछि पिस्टोरियसका आफन्तले यो खबरले धक्का लागेको बताएका छन् ।