गृहपृष्ठ » मुख्य समाचार, समचारबृहत शैिक्षक तथा धार्मिक महोत्सव संचालन हुने।

बृहत शैिक्षक तथा धार्मिक महोत्सव संचालन हुने।

September 18, 2016१९४ पटक

हिरु तिवारि /२ असोज /बर्दघाट। नवलपरासिको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखि क्याम्पसलाई मुलुककै नमुना क्याम्पस एवं मानव विश्वविद्यालयका रुपमा विकसित गर्ने उद्देश्यले बृहत शैिक्षक तथा धार्मिक महोत्सव संचालन हुने भएको छ । आईतबार क्याम्पसको सभाहलमा एक भेलाको आयोजना गरि आगामि फागुन २५ गतेदेखि चैत्र २ गतेसम्म सप्ताहव्यापि “नवलपरासि बर्दघाट चिसापानि शैिक्षक तथा धार्मिक महोत्सव २०७३ ”संचालन हुने बताईएको छ । बर्दघाट नगरस्तरिय राजनितिक दल , व्यापारि , बुद्धिजिवि , क्याम्पसका आजिवन संरक्षक , सल्लाहकार ,आजिवन सदस्य ,प्राध्यापक ,कर्मचारि , अभिभावक , विद्यार्थि ,धार्मिक महोत्सवका अभियान्ता लगाएतको सहभागिता रहेको भेलाले आश्विन ८ गते शनिवारका दिन महोत्सव मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ । क्याम्पसलाई क्युएए ( QAA ) प्राप्त गराई यस क्षेत्रकै शैक्षिक गुणस्तर युत अग्रणि क्याम्पसको रुपमा विकसित गर्ने उद्देश्यले शौक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिएको क्याम्पस प्रमुख कृष्ण बन्धु पौडेलले बताउनुभयो ।१०८ राष्ट शान्ति धर्मािक महोत्सवका सङ्कल्पकर्ता गोविन्द शरण महाराजको प्रमुख आतिथ्यता , योग गुरु ईश्वरशरण महाराजको विशेष आतिथ्यता एवम क्याम्पस संचालन समितिका अध्यक्ष टिकाराम शर्माको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण