गृहपृष्ठ » आफ्नै खबर, विशेष, स्वास्थ्यसंविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न।

संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न।

September 19, 2016५३० पटक

हिरु तिवारी, असोज ३ /नवलपरासी। उज्यालो लाल्टिन प्रतिष्ठान लुम्बिनि नेपालको आयोजना र सहिद स्मुति सामुदायिक अस्पताल sam_0032दाउन्नेदेवि ९ चौपत्ताको सह-आयोजनामा  सहिद स्मृती सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपालको संविधान २०७२ घोषणा भएको दिनको अवसरमा राष्ट ,संविधान निर्माणको निम्ति आफ्नो जयानको आहुति दिएका सम्पुर्ण सहिद र घाईते योद्धाहरुको सम्झना र सम्मानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सोतन्त्र नेपालले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला खेलकुद विकास समिति नवलपरासिका अध्यक्ष कुमार आलेले सामाजिक कार्यमा अग्रसर रहेको भन्दै प्रतिष्ठानलले गरेको कार्य सरहानिय रहेको बताउनुभयो । सो अवसरमा  अस्पतालका व्यवस्थापक टिका राम लुईटेल, पत्रकार पप्पु रेग्मी, नरेन्द्र यादव, तोलाकान्त चापागाई, लक्ष्मण भण्डारि, प्रतिष्ठानका सल्लाहकार डोलराज पराजुली, राजिव सापकोटा लगायत स्थानिय कल्बका सदस्यहरुको सहभागीता रहेको थियो। प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रमबाट २१ पोका रगत संकलन भएको कार्यक्रमका संयोजक अभिषेक तिवारीले जानकारी गराउनु भयो।  उज्यालो लाल्टिन प्रतिष्ठानकी उपाध्यक्ष सुमा डुम्रेको  अध्यक्षता, प्रेमा पराजुलिको स्वागत मन्तव्य र अभिषेक तिवारीको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव रविन शर्मा चापागाईले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण