गृहपृष्ठ » मुख्य समाचार, समचारगत आर्थिक बर्षमा गुल्मीमा २८ सवारी साधन दुर्घटनामा

गत आर्थिक बर्षमा गुल्मीमा २८ सवारी साधन दुर्घटनामा

September 20, 2016१८९ पटक

गुल्मी, असोज ४ । गएको आर्थिक बर्षमा जिल्लामा २८ सवारी साधन दुर्घटना भएका छन् । जसमा १९ जनाले ज्यान गुमाए भने ३७ जना शक्त र १४ जना सामान्य घाइते भए । जसमा ५ बस, ७ जीप, ६ ट्याक्टर र मोटरसाइकल ११ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा महिला २ र पुरुष १५ जनाको मृत्यु भएको छ । भने २ जना बालबालिकाको ज्यान गएको छ । त्यस्तै २८ पुरुष र ९ महिला सक्त घाइते भए । महिला ६ जना, पुरुष ६ र बालबालिका २ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।

bike-accident

File Photo

त्रिबर्षिक दुर्घटनाको विवरणलाई तुलना गर्दा आर्थिक बर्ष ०७०/७१ मा ४६ र ०७१/७२ मा ४० वटा सवारी दुर्घटना भएका थिए ।आव ०७०/७१ मा महिला ६ पुरुष १० र बालबालिका २ गरी १८ र ०७१/७२ मा १ महिला, ११ पुरुष र ५ बालबालिका गरी १७ जनाले ज्यान गुमाएका थिए । सक्त घाइतेहरु ०७०/७१ मा ३० महिला ४२ पुरुष र १३ बालबालिका गरी ८५ जना भए । त्यस्तै ०७१/७२ मा महिला १५ पुरुष २७ र बालबालिका ७ गरी ४९ जना सक्त घाइते भए । ०७०/७१ मा २२ महिला ४४ पुरुष ४ बालबालिका गरी ७० जना, ०७१/०७२ मा ११ महिला १६ पुरुष र १२ बालबालिका गरी ३९ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी हवल्दार भरत कुमार गुरुंङ्गले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले निकालेको तीन बर्षे तथ्यांकलाई तुलनात्मक बिश्लेषण गर्दा सवारी दुर्घटनाको स्थितीमा सुधार आएको देखिन्छ । अघिल्ला तीन बर्षमा सवारी दुर्घटना क्रमश : ४६, ४० र २८ भए भने मृत्यु हुनेहरुको स्थिती क्रमश तीन बर्षमा १८, १७ र १९ रहेको छ । त्रिबर्षिय विवरणमा सवै भन्दा बढि जीप त्यसपछि कार र मोटर साइकल दुर्घटना भएका छन् । भने दुर्घटनामा सवै भन्दा धेरै ३६ पुरुष, ९ महिला र ९ बालबालिकाले ज्यान गुमाए । त्यस्तै घाइते पनि १ सय ६३ पुरुष, ९३ महिला र ३८ बालबालिका रहेका छन् । यसैबिच राजश्व संकलनमा भने प्रगती भएको छ । आर्थिक बर्ष ०७२/७३ मा ३ हजार ७ सय ४० सवारी साधन कारबाहिमा परे । जसमा १६ लाख १४ हजार ६ सय राजश्व संकनल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्टले बताउनुभयो ।
आर्थिक बर्ष ०७१/०७२ को तुलनामा यो झण्डै २ लाख बढि हो । राजश्व संकलनको तीन बर्षे स्थिती हेर्ने हेर्दा क्रमश  ०७०/७१ मा १० हजार ८ सय ९० सवारी कारबाहीमा परे १८ लाख ४० हजार १ सय राजश्व संकलन भयो । त्यस्तै आव ०७१/७२ मा ५ हजार ४ सय ८४ सवारीलाई कारबाही गरियो १४ लाख २७ हजार ३ सय राजश्व संकलन गर्न ट्राफिक प्रहरी सफल भयो । गत आर्थिक बर्षमा कारबाहिमा पर्ने सवारीको संख्या कम भएपनि राजश्व संकलन बढि छ ।
कारण सरकारले यस बर्ष गरेको शुल्क बृद्धि हो । गत बर्ष मात्रै सवैभन्दा १ हजार ५ सय ७५ मोटरसाइकल कारबाहीमा परे । भने ६ लाख ५४ हजार ५ सय राजश्व असुली भएको छ । त्यसपछि बढि ट्राफिक कारबाहीमा पर्ने क्रमश: जीप कार, ट्याक्टर र ट्रक पर्छ । पछिल्लो समय सवारीको तिब्र गतिका कारण हुने दुर्घटना कम भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण