गृहपृष्ठ » बिचार/ब्लगनेपालमा राजनितिक हलचल , चलखेल र आन्दाेलन र सँबिधानकाे बार्षिकि

नेपालमा राजनितिक हलचल , चलखेल र आन्दाेलन र सँबिधानकाे बार्षिकि

September 20, 2016३७५ पटक

अर्जुन घिमिरे “सुसार” दाेहा कतार
fb_img_1474315159812

नेपाल, १०४ बर्षे राणा शासन बिरुद्द भएका चरणात्मक आन्दाेलन हरु र तिनका सफलता हरु साथै क्रमश विभिन्न कालखण्डमा भएका आन्दाेलन र सँघर्ष पश्चात् पँचायति ब्यवस्था, बहुदलिय ब्यवस्था हुदै जननिर्बाचित सँसदिय ब्यवस्था र साेहि सँसद बाट निर्बाचित देशका कार्यकारि प्रमुख प्रधानमन्त्रि हुने ब्यवस्था गराउदै सार्बभाैम सत्ता सम्पन्न प्रजातान्त्रिक मलुक नेपालका रुपमा स्थापित रहि आएकाे थियाे । बि सँ २०५१ मा कम्युनिस्ट बिचार बाट प्रभाबित पुस्पकमल दाहाल प्रचण्ड लगायत केही नेताहरुले सँसदिय ब्यवस्था “खसिकाे टाउकाे राखेर कुकुरकाे मासु बेच्ने स्थान” रहेकाे भन्दै सँसदिय ब्यस्था नमान्ने उद्घाेसका साथ शशस्त्र आन्दाेलनमा उत्रिने र बर्गिय सँघर्ष गर्दै गणतन्त्र नेपाल स्थापना गर्ने उद्घाेषका साथ भुमिगत हुन पुगे ।

नेकपा माओबादि भुमिगत भए सँगै जनजाति, आदिबासि, मधेशि, दलित , मुस्लिम, सिमान्तकृत महिला साथै राज्यकाे पहुच नपुगेका तथा राज्यबाट अपहेलित भएका साथै न्यायकाे अनुभूति नपाएका गरिब पिछडाबर्ग तथा सिमान्तकृत हरुका लागि न्यायकाे दियाे जलाउने, सबै नेपाली जनता लाई खाेसिएका अधिकार हरु प्रदान गर्ने गराउने साथै मजदुर,किसान, सर्बाहारा बर्ग काे मुक्तिका लागि सँघर्ष गरिएकाे बताउदै साम्यबाद काे नारा घन्काउदै गर्दा नेपाली जनताकाे साथ काे आवश्यकता रहेकाे र जनताले साथ दिएमा नेपाल लाई स्विजरलैण्ड बनाईदिने सम्मकाे आश्वासन दिदै जनतालाई शशस्त्र जनयुद्दमा सरिक गराए ।

बहुसँख्यक जनताले आफू अन्यायमा परिरहेकाे महशुस गरिरहेकाे बेलामा नेकपा माओबादिले प्रारम्भ गरेकाे अभियान र आश्वासन प्रति जनताकाे बिश्वास ह्वातै बढ्याे फलस्वरुप शशस्त्र जनयुद्द माैलाउदै गयाे जसलाई दबाउन का लागि नेपाल सरकार साथै बिदेशि शक्तिहरु पनि असमर्थ भए र माओबादि पार्टिकाे चाहना अनुकुल बार्ता र बिस्तृत शान्ति सम्झाैता गर्न बाध्य भयाे ।

हुन त शशस्त्र जनयुद्द पनि समग्र नेपाल र नेपालिकाे सँघर्ष भन्न मिल्दैनथ्याे । याे सँघर्ष मात्र सर्बाहारा बर्गकाे थियाे । जसमा राज्यकाे शत्ता र शासन साथै विभिन्न प्रशाशनिक क्षेत्रमा पहुच रहेका भनाै वा सामन्ति शाशक हरु सँग घाँटी जाेडिएका हरु का लागि याे जनयुद्द आतँककारि काे आतँक भएकाे महशुस हुन्थ्याे तसर्थ गाैरबशालि महान जनयुद्दले सफलता प्राप्त गर्न दस बर्ष शशस्त्र द्वन्द गरेर १७००० नेपालि सपूत हरु काे बलदानि दिनु पर्याे ।

fb_img_1474297378231

याे थियाे एक आन्दाेलन काे स्वरुप ??

बिस्तृत शान्ति सम्झाैता पश्चात् नेपाली जनताकाे प्रजातान्त्रिक अधिकार खास्ने दुस्प्रयास वा प्रजातन्त्र काे घाँटी रेट्ने प्रयास तत्कालिन राजा ज्ञानेन्द्र शाह बाट भयाे फलस्वरुप समग्र नेपाली जनताकाे विशाल जन आन्दाेलन २०६२/६३ भयाे ।

संविधान सभा, सँघिय गणतन्त्र लगायत मागहरु राख्दै दशबर्षे शशस्त्र जनयुद्द लडेकाे नकपा माओबादि र माओबादि नेताहरु क. प्रचण्ड , क. बैध्य , क. बाबुराम लगायतकाे टाउकाकाे मूल्य ताेकेका गिरिजाप्रसाद काेईराला, माधब कुमार नेपाल लगायत का नेताहरु साथै सम्पुर्ण राजनितिक पार्टि हरु एकताकाे सुत्रमा बाँधिएर गरिएकाे शान्तिपुर्ण जनआन्दाेलन बास्तबमै समग्र नेपालि जनताकाे आन्दाेलन थियाे परिणास्वरुप निहत्था , निशस्त्र जनताकाे आन्दाेलन लाई बम, बुलेट र ताेप ले दबाउन चाहेर पनि तात्कालिन राजा असमर्थ भएका थिए र केवल १९ दिनकाे शान्तिपुर्ण जनआन्दाेलन ले राजा लाई घुँडा टेकाउ सफल भएकाे थियाे ।

तत्पश्चात विभिन्न समयमा विभिन्न राजनितिक पार्टि , भातृ सँगठनहरु , लगायत विभिन्न झुण्ड , मुण्ड , तुण्ड हरु ले पटक पटक आन्दाेलन हरु गर्ने फैशन शुरु भयाे , केही आन्दाेन हरु तर्कसँगत पनि थिए जसले उपलब्धि पनि प्राप्त गरे तर कैयाैँ उदाहरण हरु तरकारिमा नुक कम्ति भएर , भैंसी नब्याएर , कुखुरा जुधेर, चरि मरेर, चरा एक्लिएर, लगायत विभिन्न बेअर्थका आन्दाेलन हरु भए जसकाे परिणाम स्वरुप जनताले शास्ति भाेग्नपरेकाे जगजाहेर छ ।

नेकपा माओबादि शशश्त्र द्वन्दमा जादा केही राम्रा कार्यहरु पनि गर्याे भने केही हदसम्म समाजमा बिखण्डन निम्त्याउने गरि पार्टि स्वार्थका लागि जनता उक्साउने काम पनि गर्याे , उदाहरण का लागि तमुवान राज्य , मगरात राज्य, ताम्सालिङ , लिम्बुवान खुम्बुवान, नेवा राज्य ईत्यादि ।

तत् समयमा नेकपा माओबादिले याे बिर्सियाे एक जातिलाई राज्य दिदा साेहि क्षेत्रमा रहने अर्काे जाति काे अधिकार कसरी सुनिशचित गर्ने भन्ने कुनै साेच नै बनाएन मानाै माओबादि ले आजकाे उसकाे उपलब्धि हाेला र आफैले ब्यवस्थित गर्नुपर्ला भन्ने साेच्दै साेचेन केवल बाेल्दै मात्र गायाे , बाचाहरु गर्दै गयाे , आश्वाशनहरु दिदै गयाे, कार्यन्वयन गर्न सकिने नसकिने केही साेचेन , यहाँ सम्म गर्याे एउटै मधेसि बस्ति मा वल्लाे घर थारुवान राज्यकाे वकालत गर्येा पल्लाे घर गएर एक मधेश एक प्रदेश , अर्काे घरमा गएर मिथिला राज्य त अर्काे मा अर्कै काल्पनिक राज्यहरुकाे आश्वासन देखायाे । जुन माओबादिकाे झुट काे बजार जनमानसमा नराम्ररि डेरा जमायाे र जनताले माओबादिले दिएकाे आश्वासन कार्यन्वयन सम्भब असम्भब केही नसाेचि माओबादिलाई साथ दिए र पहिलाे संविधानसभा निर्वाचनकाे नतिजा देखि माओबादि पार्टि मात्र नभई विश्व नै चकित भयाे, माओबादि पहिलाे पार्टिका रुपमा स्थापित भयाे ।

जननिर्बाचित प्रतिनिधि हरुकाे साथ लिगेर डाडु पन्यु हातमा लिगेर माओबादिले बहुमतिय सरकार बनायाे , जनता मुख बाएर माओबादिले बिगतमा दिएका आश्वासन पूरा गर्नेछ भन्ने आशाका साथ बसे तर कार्यन्वयन बारे “का” सम्म नसाेचि बाेलिएकाे आश्वासन पूरा हुन सकेन झुटा साबित हुँदै गए ।

पहिलाे संविधान सभाले पटक पटक समय थपेर पनि संविधान “ब्याउन” नसके पछि पुन “बालि” लगाउनु पर्ने निश्चयका साथ पहिलाे संविधान सभा बाट प्राप्त भएका केही उपलब्धिहरु लाई सुरक्षित राख्दै दाेश्राे संविधान सभाकाे निर्बाचन भयाे । जसमा माओबादि लाई जनताले केही हदसम्म चिनिसकेका कारण तेस्राे पार्टिका रुपमा सिमित हुन पुग्याे ।

पहिलाे संविधान सभा बिफल हुनु, माओबादि पार्टिले सबक सिक्नु र सुधार तर्फ जानू, देशमा भुकम्प ले जनतामा आहात पुर्याउनु लगायत बिबिध आपत तथा कारण हरुले नेताहरु लाई एकताकाे डाेरिमा बाँध्न बाध्य बनायाे र भारत अनि भारत परस्त हरुकाे असहमति का बाबजुद संविधान जारि हुन पुग्याे ।

मुलुककाे सिमाँकन र राज्यहरुकाे बिषयमा राजनितिक पार्टिहरु बिच ठुलै बहस भयाे अन्तत माओबादि पार्टिले आफ्नाे गल्ति स्विकार गर्दै कुनैपनि हालतमा जातिय राज्यहरेकाे वकालत गर्न नहुने र जातिय राज्यले साम्प्रदायिक हिँसा भड्किने साथै बिगतमा उत्तेजना केही गल्तिहरु भएकाे औलाउदै जातिय हिसाबले नभई स्राेत साधन र सहुलियतका हिसाबले राज्यहरुकाे सिमाँकन गर्नुपर्ने अठाेटमा सहमत भयाे ।

देशमा संविधान जारि हुदा देशप्रेमि जनताहरु खुशि मनाए, देशलाई अग्रगतिमा लैजाने अठाेट गरे तर बिखण्डनकारि शक्तिहरु राष्ट्रकाे नभै ब्यक्ति , पार्टि वा प्रभुहरुकाे हितमा पुच्छर हल्लाउनेहरु का लागि संविधान निर्माण हुनु र घाेषणा हुनु भनेकाे उनिहरुकाे गुण्डागर्दि, लुट, हत्या हिँसा , आतँक र देशद्राेहि कार्यम लगाम लाग्ने डरले कुनैपनि हालतमा संविधान कार्यन्वयन हुन नदिने षडयन्त्रमा लागे ।

हुन त आन्दाेलन समुदाय, जाति , क्षेत्र प्रेमि ले पनि नगरेका हाेईनन् । बिगतमा माओबादिले बाचा गरेकाे मगरात, तमुवान, ताम्सलिङ, नेवा लगायत राज्यहरुले पनि आन्दाेलन गरेकै हुन् तर त्यसरि बिगतमा राेपिएकाे जातिय “बिषकाे बीउ” लाई सँस्थागत गर्दा भाेलि राष्ट्र नै सँकटमा पर्न सक्ने खतरा बारे प्रस्ट बुझे पश्चात जाति , समुदाय र क्षेत्र भन्दा राष्ट्र हित कैयाै गुणा माथि रहने “नेपाली हामी रहाैला कहाँ नेपालै नरहे” भन्ने श्लाेक लाइ आत्मसात गरि आफुहरुकाे बन्द हड्ताल र आन्दाेलन फिर्ता लिए ।तर तराई मा पनि बिगतमा माओबादिले नै राेपिदिएकाे “मधेश राज्य रुपि बिषकाे बिउ बिरुवा हुँदै रुखमा परिणत भईरह्याे ।”

पहाडमा भएका जातिय राज्यका मागहरु सुझबुझ साथै एकताका लागि पनि र केहि मलजलकाे अभाबले पनि मत्थर भए तर तराईका मधेश मधेशि , थारुवान लगायतका आन्दाेलन हरु झन् झन् आगेमा घिउ थपेसरह चर्किदै बढिरहे ।

बास्तबमै यश आगाेमा घिउ थप्ने काम भारत ले गरिरह्याे र।निरन्तर गरिरहेकाे छ । तराईमा जलिरहेकाे आगाेमा रेाटि सेक्दै जाने र भबिष्यमा तराई नै सेकेर चट्नी सँग कर्लप्पै खाने मनासयमा भारत र्याल चुहाईरहेकाे छ ।

तराई केन्द्रित तथा तराई हितका लागि सँघर्ष गरिरहेका वास्तविक नेपालि राजनितक दलहरु राजनितिक छलफल र संविधान सँसाेधन बाट मिल्ने सम्मकाे अधिकार हरु सँसाेधन गरि मिलाउने प्रयत्नमा बार्ता छलफल र सहमतिका लागि सरकार र सदन मा छन् भने भारत ले याेजनाबद्द तरिकाले पठाएका दुतहरु तराईमा आगाे बाल्छाै भन्दै भारत लाई राेटि सेक्ने अवसर दिईरहेका छन् ।

उनिहरु लाई याे स्मरण छैन, भारतले आफ्नाे स्वार्थ पुर्ति भएपश्चात आज आफ्नै देश माथि गद्दारि गर्ने दलाल हरुकाे पछाडि डण्डा ठाेकेर आगाे झाेसेर लखेट्नेछ । त्याे दिन ” बाँच्न धर्ति त मिल्दैन नै मर्न का लागि एक मुठि सास उड्ने स्थान समेत मिल्ने छैन । ”
हाे तराई काे आन्दाेलन राष्ट्र घाति छ , याेजनाबद्द तरिकाले गरिएकाे नेपाल माथि काे अदृष्य आक्रमण हाे , हाेईन भने कि गर्याे भारत ले नाकाबन्दि?? कहाँबाट कसरी आर्थिक ब्यवस्थापन भएकाे छ?? कसरी कस्ले के मुद्दा र मागहरु बनाएकाे छ?? आन्दाेलन कर्ता लाई आफ्नै माग थाहा हुदैन वल्लाे घरकाे आन्दाेलन गर्दै छ पल्लाे घरकाे रामबिलाश खेत जाेत्दै छ , खेत जाेतेकै कारण रामबिलास काे टेक्टर जलाईन्छ, धनिया काे पान पसल बन्द छ धनियाका छाेराछाेरि भाेका छन् , उमैया प्रसब पिडामा छटपटिदै छन् अस्पताल लाने गाडिमा पेट्राेल छैन , बरसैया लाई दमले चापेकाे छ औषधि किन्न पाइदैन , चम्सुरिकाे परीक्षा नजिक छ स्कुल बन्द छन् , , रामकृपाल काे पानिपुरि आन्दाेलन कारिले बाटाेभरि फालिदिन्छन्, जाेगेन्दर काे राईस मिल बन्द छ ।आखिर महन्त , राजेन्द्र , उपेन्द्र ले कस्का लागि जनता लाई भुका राखेर आन्दाेलन गर्दै छन् त?? यिनिहरुकाे उपलब्धि के हाे त??

जुन आन्दाेलनमा समग्र मधेशका जनताकाे सहभागिता छैन , संविधान सभा मा रहेका जन निर्बाचित प्रतिनिधि हरुकाे सहभागिता छैन , जनतालाई आन्दाेलन काे जरुरि छैन , भारत परस्त ले र भारतिय नश्ल राजेन्द्र महताे जस्तले गरेकाे आन्दाेलन नेपाल र नेपाली जनताकाे हितमा कहिल्यै हुनै सक्दैन ।

जनताले आन्दाेलन गर्दा १९ दिनमा २५० बर्ष राज गर्ने राजसँस्था झुक्छ भने जननिर्बाचित सरकार किन झुक्दैन अवश्य झुक्छ तर आन्दाेलन राष्ट्र हित जनता हितमा हुनुपर्याे र जनताले गर्नु पर्याे , भारत हितमा भारतिय बाट भएकाे आन्दाेलन सदियाै भए पनि आतँकबादि घाेषणा गर्न सक्छ तर सरकार भारत सँग झुक्न सक्दै सक्दैन ।

पछिल्लाे समयमा केपि शर्मा ओलि नेतृत्वमा सरकार बन्याे । माओबादिले ओलिलाइ पिठ्यूमा चढाएर प्रम बनाए तर प्रचण्डलाई कतैबाट हरियाे घाँस देखाईयाे । प्रम पदकै लागि आफ्नोे नेतृत्वमा रहेकाे सरकार माथि आफैले अविस्वास प्रस्ताव राखि सरकार लाई राजिनामा दिन बाध्य बनाए ।

fb_img_1474297282170

संविधान बनाउन फलामकाे चिउरा चपाउनु सरह भएकै थियाे तर यसलाई कर्यन्वयन गर्न भने झनै जटिलता थपिदै गएकाे छ । संविधान बनाउन र घाेषणा गर्न एकजुट भएका ठुला दलहरुकाे बिचमा तित्तता बढ्दै गएकाे छ । दुरि बढ्दै गएकाे छ । राजनितिक ईमानदारिता भन्ने शब्द सम्म भेटिदैन । कुर्सी मा्ह अत्याधिक बढेकाे छ । राष्ट्रियता भन्दा माथि ब्यक्तिगत स्वार्थलाई राखेर नेताहरु कामकार्बाहि अगाडि बढाईरहेका छन् । यसरिनै अगाडि बढ्ने हाे भने संविधान कार्यन्वयन हुदैन र दस ठुलाे दलदलमा फस्न सक्छ । दक्षिण तर्फबाट र्याल चुहाईरहेकाे स्याल लाई जँगलमै कुखुरि पसेझैँ हुन्छ ।

तसर्थ सम्पुर्ण नेपाली जनताले कुनैपनि पार्टिकाे पुच्छर नबनेर राष्ट्रहितमा आवाज बुलन्द बनाउनुु पर्छ । आफ्नाे पार्टिले राताे लाई कालाे भन्दा पनि सहिछाप ठाेक्ने प्रबृत्ति छाडेर सहि र सत्य बाेल्नु पर्छ , राष्ट्र हितलाई शिराेपर राखि सबै राजनितिक दलहरुलाई दबाब दिनु जरुरि छ ।

सरकार संविधान सँसाेधन भन्दा पहिला कार्यन्वयनमा लागाेस । ९०% जनप्रतिनिधि ले हस्ताक्षर गरेकाे संविधान पहृला ९०% कार्यन्वयन हाेस तत्पश्चात १० % सँसाेधन कार्य थालानि हाेस

जय नेपाल

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण