गृहपृष्ठ » मनोरञ्जन, समचारसाँस्कृतिक कार्यक्रम गरी बालवालिकालाई सहयोग

साँस्कृतिक कार्यक्रम गरी बालवालिकालाई सहयोग

September 20, 2016६८५ पटक

अशोक पोख्रेल/कपिलवस्तु  । सम्पुर्ण युवाहरु एक जुट हौ,समाज विकासमा अग्रसर वनौ,अनाथ वालवालिकालाई सहयोग गरौ भन्ने मुल नाराका साथ सुर्योदय युवा क्लवको आयोजनामा यहि असोज २२ गते फुलपातिको दिन कपिलवस्तुको बुद्धभुमि क्याम्पसमा वृहत दशै विषेश साँस्कृतिक कार्यक्रम हुने भएको छ । विद्यालयवाट वन्चित भएका वालवालिका लाई विद्यालय पहुच सम्म पु¥याई अनाथ वालवालिका हरुलाई आर्थिक तथा लत्ता कपडा को व्यावस्था गर्ने तथा वचत रकमले विभिन्न वालवालिकालाई सहयोग गर्ने कार्यक्रमको उद्देश्य रहेको र आगामि दिनमा पनि क्लव समाजिक कार्यमा लागि पर्ने सुर्योदय युवा क्लवका अध्यक्ष प्रदिप खनालले वताउनु भयो ।

suryodaye
साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरु देवि घर्ति,शिशिर देवकोटा,सुनिल गिरि,विद्यान कार्कि,दिपक भण्डारि,शिव खनाल, सुमन पौडेल,श्रीनिवास चौधरि,अनिल पाहाडि,निर्मल क्षेत्रि,बविता माझि लगाएत स्थानिय कलाकार र छमछमि कला केन्द्रको बेजोड प्रस्तुति रहने कार्यक्रका साँस्कृतिक संयोजक शिव खनालले वताउनुभयो ।
हरेक वर्ष महिलाहरुको माहान पर्व हरितालिका तिज सकिय लगत्तै देशै भर नेपालीहरुको महान पर्व वडा दशैको रौनक छाउने गर्दछ । सुर्योदय युवा क्लवले गत वर्ष पनि दशै विषेश सांस्कृतिक कार्यक्रम गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण