गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेषकपिलवस्तुमा पनि संविधान दिवश (भिडियो सहित) ।

कपिलवस्तुमा पनि संविधान दिवश (भिडियो सहित) ।

September 20, 2016३०१ पटक

अशोक पोख्रेल/कपिलवस्तु। जनताको हितमा रहेको भनिने संविधान जारी भएको पनि आज एक वर्ष पुरा भएको छ । एका तर्फ संविधान जारी गर्ने दिन पोहोर यतिबेला देशै भर का ठाउँठाउँमा दिपावली गरिएको थियो भने अर्को तर्फ संविधानले जनताका विधिन्न अधिकार र सिमाङकनलाई नसमेटेको विषय लाई लिएर कालो दिन मनाईएको थियो ।

2संविधानसभाले गणतन्त्र, सङ्घीयता, धर्म्निरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय लगायत विषयलाई संस्थागत गर्दै गएको वर्षको असोज ३ गते नेपालको संविधान घोषणा गरेको थियो । संविधान जारी भएको एक वर्षसम्म पनि असन्तुष्ट पक्षको माग सम्बोधन हुन सकेको छैन । सरकार र ठूला दलले संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाइ रहे पनि मधेस केन्द्रितले भने कालो दिनका रुपमा मनाउने घोषणा अवगतै छ ।
देशै भर आइतबारदेखि तीन दिनसम्म संविधान दिवस मनाईने क्रममै कपिलवस्तुमा पनि आज संविधान जारी भएको दिन दिपावलि मनाईएको छ । कपिलवस्तुको पश्चिमि क्षेत्रहरु चन्द्रौटा शिवपुर लगायतका सडकमा दिप प्रज्वलन गरी हर्षउल्लासमा साथ संविधान दिवश मनाएका छन् ।

1

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण