गृहपृष्ठ » पत्रपत्रीका, राजनीतिभारतमा प्रधानमन्त्रीले भेटे फरार अभियुक्त

भारतमा प्रधानमन्त्रीले भेटे फरार अभियुक्त

September 20, 2016३९६ पटक

काठमाडौं ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधि खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् ।

prachanda-meet-resham-57e0820ce6fa19-05099652-660x330
गत वर्ष टीकापुरमा दुईवर्सै बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चोधरीलाई प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ताज प्यालेस होटलमा भेटेका छन् ।
भारत र नेपालका लव्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताज प्यालस होटलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए ।
नेपालमा लगानीका विषयमा विश्वासको वातावरण निर्माण गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । चौधरीले मञ्चमै पुगेर प्रधामन्त्री प्रचण्डसँग केही समय कानेखुसी गरेका थिए ।
अन्नपूर्णपोष्टबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण