गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारभूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्मारक र पार्क

भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्मारक र पार्क

August 20, 2015२३४ पटक

३ भदौ, काठमाडौ । सरकारले १२ वैशाख र त्यसपछिको निरन्तर पराकम्पनबाट ज्यान गुमाएका र घाइतेको सम्झनामा काठमाडौ उपत्यकामा स्मारक निर्माण गर्ने भएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको भूकम्पोत्तर पुनःस्थापना तथा पुनर्निर्माणसम्बन्धी नीतिअनुसार भूकम्पबाट ज्यान गुमाएका सबै ब्यक्तिको सम्झनामा सरकारले स्मारक निर्माण गर्ने भएको राजधानी दैनिकमा खबर छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार भूकम्पबाट ८ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका छन् । भूकम्पबाट ज्यान गुमाएका र घाइतेका साथै उद्धार, राहत तथा खोजी कार्यमा खटिँदा ज्यान गुमाएका घाइते भएका सैनिक, प्रहरी, निजामति कर्मचारी, विदेशी सैनिक स्वयंसेवकहरुको सम्झनामा सो स्मारक निर्माण हुनेछ ।

‘भूकम्पबाट ज्यान गुमाएका, घाइतेका साथै उद्धारका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा स्मारक बनाउनका लागि नीतिले जोड दिएको छ’, योजना आयोगका सहसचिव गोपी मैनालीले भने, ‘पुनर्निर्माण प्राधिकरणले पूर्णता पाएर त्यसका लागि आवश्यक जनशक्तिसहितको ब्यवस्थापन गरेपछि स्मारक निर्माण कार्य अघि बढ्छ ।’

त्यसैगरी, भूकम्पबाट ज्यान गुमाएका तथा घाइते जिल्लावासीहरुको सम्झानामा अति प्रभावित प्रत्येक जिल्ला सदरममुकाम वा अन्य उपयुक्त स्थानहरुमासमेत भूकम्प पार्क निर्माण गरिने नीतिमा उल्लेख छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण