गृहपृष्ठ » मुख्य समाचारउदयपुरमा अन्तराष्ट्रीय शान्ति दिबश बृहत शान्ति ऱ्याली सम्पन्न

उदयपुरमा अन्तराष्ट्रीय शान्ति दिबश बृहत शान्ति ऱ्याली सम्पन्न

September 21, 2016२०९ पटक

आश्विन ५ बुधबार २०७३
उदयपुर/ दिगो शान्ति र राष्ट्र विकासको आधार भन्ने नाराका साथ उदयपुरमा अन्तराष्ट्रीय शान्ति दिबश बृहत शान्ति ऱ्याली गरी भव्य रुपमा मनाईएको हो ।
बुधबार विहान स्थानीय शान्ति समितिको आयोजनमा बृहत्त ऱ्यालीले बजार परिक्रमा गरी पिपलचोकमा शान्तिसभा सम्पन्न गरेको थियो ।
शान्ति सभामा बोल्दै प्रमुख अतिथि स्थानीय प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले सद्भाव, मेलमिलाप र सहकार्यको माध्यमबाट दीगो शान्ति कायम गर्नु मुख्य विषय भएको बताए । विगतको द्वन्द्वबाट पाठ सिकेर अघि बढ्नुको बिकल्प नभएको भन्दै एक व्यक्ति विशेष शान्ति स्थापन हुँदैन भन्दै सामुहिक प्रतिबद्धता जाहेर गरेका थिए । यसैगरी बोल्ने विभिन्न व्यक्तित्वहरुले समेत लामो समयको द्वन्द र त्यसपछिको संक्रमणकालले गर्दा शान्तिप्रतिको चाहना अझ मजबुत हुँदै गएको भन्दै दीगो शान्ति कायम गर्ने दिशामा निरन्तर प्रयत्नशील रहेको पनि उल्लेख गरेका थिए ।
कार्यक्रम स्थानीय शान्ति समितिका संयोजक एक बहादुर कार्कीको अध्यक्षता तथा मानव अधिकार संजालका संयोजक भरत खड्काले संचालन गरेका थिए । युद्ध र हिंसाको अवस्थालाई अन्त्य गर्दै विश्व शान्तिको सन्देश सहित देश र मानिसहरुबीच शान्तिका आदर्शलाई बलियो बनाउन समर्पित दिनका रुपमा शान्ति दिवस मनाउने गरिएको छ ।
सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभाले आह्वान गरे अनुसार सन् १९८२ देखि शान्ति दिवस मनाउन थालिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेश्रो मंगलबार मनाईंदै आएकोमा सन् २००२ देखि सेप्टेम्बर २१ मा मनाउने गरिएको छ । नेपालमा २०६५ सालदेखि शान्ति दिवस मनाउन थालिएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण