गृहपृष्ठ » आफ्नै खबर, मुख्य समाचारपहिरोका कारण खोटाङ्ग, ओखलढुङा र सोलुको सवारी बन्द

पहिरोका कारण खोटाङ्ग, ओखलढुङा र सोलुको सवारी बन्द

September 23, 2016३१७ पटक

आश्विन ७ सुक्रबार २०७३

उदयपुर/ राजधानी र तराई दुवैतर्फ जाने सडकको दर्जनौं स्थानमा पहिरो गएपछि ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट कुनै सवारी चल्न सकेका छैनन् । लगातारको वर्षाले मध्यपहाडी राजमार्गको घुर्मी–खुर्कोट सडक खण्ड र सिद्धिचरण राजमार्गको घुर्मी–कटारी सडकखण्ड दुवैपट्टी सडक अवरुद्ध भएपछि यात्रुहरुमा मारमा परेका छन् ।
बुधबार उदयपुरको हर्देनी–२ लप्सेस्थित ठाँटीपहिरोको दक्षिण तर्फको भागमा ठूलो पहिरो गएपछि आवतजावत ठप्प भएको हो । ठाँटी पहिरोको दक्षिणतर्फ ठूलो पहिरो गएर तत्काल सडक सञ्चालन गर्न नसकिने अवस्थामा रहेको हर्देनी–२ का स्थानीय गीता खत्रीले टेलिफोनमा बताइन् । पहिरो गएपछि मानिस समेत वारपार गर्ने अवस्था नरहेको पनि खत्रीले बताइन् ।
पहिरोका कारण पूर्ण रुपमा सवारीसाधन ठप्प भएको उदयपुर उद्योग वाणिज्य संघका महासचिव जमानसिंह बस्नेतले बताए । त्यसैगरी सिरीसे गाविसको भवन नजिकै पहिरो गएपछि सवारीसाधन आवत जावत गर्ने अवस्था नरहेको हिमाली यातायात व्यवसायी संघका उपमहासचिव शत्रुधन कार्कीले बताए ।
तत्काल सडक सञ्चालन गर्नका लागि उदयपुर उद्योग वाणिज्य संघले पहल गरेको संघका उपाध्यक्ष पुष्कर खड्काले बताए । उनले संघले सर्वपक्षीय बैठक बसेर बिहिबार नै स्थलगत निरिक्षण गर्ने र सडक डिभिजन कार्यालयलाई जानकारी गराई सडक सञ्चालन गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण