गृहपृष्ठ » आफ्नै खबर, मुख्य समाचारउदयपुरमा चट्याङ लागेर एक को मृत्यु दुइ घाइते

उदयपुरमा चट्याङ लागेर एक को मृत्यु दुइ घाइते

September 23, 2016३१४ पटक

आश्विन ७ शुक्रबार २०७३

उदयपुर / अबिरल वर्षासंगै परेको चट्याङले उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– ६ खैजनपुरमा शुक्रवार दिउँसो एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएको छ ।बस्ती नजिकैको चौरमा गाई बस्तु चराई रहेको समयमा एक्कासी वर्षासंगै चट्याङ गर्दा ५० वर्षिय बुचन चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ । त्यसैगरी घाईते हुनेमा ६० वर्षिय लखन चौधरी, ५६ वर्षिय तिलचन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे छ ।

शुक्रबार बिहान उयपुरको त्रीयुगानगर पालिका १२ चिसापानी भन्ने ठाउमा खोलाले बगाएर एक महिलाको मृत अबस्थामा फेला परेको छ स्थानीय बिजय सिग्देलका अनुसार उक्त लास खोलाले बगाएर ल्याएको हुन सक्ने बताएका छ्न को हुन कहाँ बाट बगाएर ल्याएको हो भन्ने अझै पुष्टि भएको छैन ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण