गृहपृष्ठ » सूचना प्रविधीएन्ड्रोइड फोनमा यसरी गर्नुहोस् फोन कल रेकर्ड

एन्ड्रोइड फोनमा यसरी गर्नुहोस् फोन कल रेकर्ड

August 20, 2015२९३ पटक

androad-1

हामीले विभिन्न प्रयोजनका लागि आफ्नो मोबाइल फोनमा फोन कल रेकर्ड गर्ने गर्छौँ । फोनकल रेकर्ड गर्नका लागि एन्ड्रोइड फोनमा फरक फरक तरिका छन् । कतिपय स्मार्टफोन सेटमा फोन कल रेकर्ड गर्न सकिने प्रविधि नै हुन्छ भने एप डाउनलोड गरेर पनि एप मार्फत फोनकल रेकर्ड गर्न सकिन्छ ।
अटोमेटिक कल रेकर्डर ९एसीआर० नामको एप फोन कल रेकर्डका लागि सबैभन्दा उत्तम तथा चल्तीको एप हो । यसलाई तपाइँले निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ ।
यदि तपाइँलाई स्टोरेजका लागि धेरै ठाउँ आवश्यक छ भने यो एपको सशुल्क भर्सन पनि डाउनलोड गर्न सक्नुहुन्छ । यो एप इन्स्टल गरेसँगै अब तपाइँले गर्ने सबै फोनकल यसमा रेकर्ड हुन्छन् ।
यदि तपाइँले चाहनुहुन्छ भने कतिपय नम्बरबाट आउने फोनकललाई रेकर्ड नगर्न पनि सक्नुहुन्छ । धेरैजसो स्मार्टफोनका लागि एसीआरको निशुल्क भर्सनले नै काम चल्छ तर यदि तपाइँले पैसा तिर्नुपर्ने वाला एप डाउनलोड गर्नुभयो भने अटोम्याटिक क्लाउडरमा तपाइँको रेकर्डिङको ब्याकअप रहन्छ । जसका कारण तपाइँको मोबाइलको मेमोरी खर्च हुँदैन ।
एसीआरका अलावा एचटीसी वान स्मार्टफोन प्रयोगकर्ताका लागि एक्स्पोज्ड नामक एप फोनकल रेकर्डका लागि उत्तम हुन्छ ।
त्यस्तै सोनी एक्सपेरियाका लागि एक्स रेकर्डर उत्तम हुन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण