गृहपृष्ठ » मुख्य समाचार, राजनीतिपूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक स्थगित, भाेलि पुनः बस्ने

पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक स्थगित, भाेलि पुनः बस्ने

September 25, 2016३०३ पटक

काठमाडौं, ९ असोज : राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार पुनः बस्ने गरी स्थगित भएको छ ।

remaking-authority-director-committee-768x433
आइतबार बिहान बसेको प्राधिकरणको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्राधिकरणको प्रगति र कार्ययोजना मागेका थिए ।
पूनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणको प्रगति विवरण र आगामी कार्ययोजनाबारे धारणा राखेका थिए ।
बैठकमा अर्थ, सामान्य प्रशासन, शहरी विकास, संघीय मामिला तथा स्थानीय विकास, शिक्षा र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवहरुले पूनर्निर्माणमा विषयगत मन्त्रालयको कामको प्रगति र समस्याबारे रिपोर्टिङ् गरेका थिए ।
बैठकमा प्राधिकरणका सदस्य निमानन्द रिजाल, किशोर थापा र तारानिधि भट्टराईले प्राधिकरणका समस्या र चुनौतिबारे धारणा राखे । प्राधिकरण निर्देशक समितिको अर्को बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण