गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, समचार९३ प्रतिशत नेपाली यार्सागुम्बा चीनमा

९३ प्रतिशत नेपाली यार्सागुम्बा चीनमा

September 25, 2016५३४ पटक

काठमाडौं ९ असोज ।नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ ।

yarsagumba

गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । चीनमा ६८ प्रतिशत अर्थात ४५ करोड ७९ लाख र हंकङमा २६ प्रतिशत को यार्चागुमबा निर्यात हुने गरेको छ ।

केन्द्रका प्रवत्ता सुवश खानलले यार्चागुम्बाबाट विभिन्न औषधिजन्य वस्तु उत्पादन हुने भएकाले विदेश बढी निर्यात हुने बताए ।
कारोबारबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण