गृहपृष्ठ » स्वास्थ्यअनार खानुहोस्, यस्ता छन् १० फाइदा

अनार खानुहोस्, यस्ता छन् १० फाइदा

September 26, 2016३८३ पटक

काठमाडौं, असोज (एजेन्सी) : अनार खाँदा बढ्दो उमेरसँगै देखिने स्वास्थ्य समस्या पनि कम गर्छ मद्धत गर्छ । र, यसले जवान रहन पनि मद्धत गर्छ । अनार फाइबर, भिटामिन सी र एन्डिअक्सिडेन्टको स्रोत हो, जसले कमजोरी हुन दिँदैन र मुटुसम्बन्धी विभिन्न समस्याबाट पनि बचाउँछ ।

pomegranate
यस्ता छन् १० फाइदा
१. अनारले शरीरको बोसो पन कम गर्छ र तौल घटाउन मद्धत गर्छ ।
२. अनारको जुसमा अधिक फाइबर हुन्छ । दैनिक अनार वा यसको जुस सेवनले पाचन प्रक्रिया ठीक रहन्छ साथै कब्जियत हुन पाउँदैन ।
३. अनारले शरीरमा कोलस्टोरको स्तर नियन्त्रणमा राखि मुटुको समस्याबाट बचाउँछ ।
४. यसमा अधिक पाइने भिटामिनले अनुहारमा चाउरी कम गर्छ।
५. अनारमा भिटामिन ए पनि प्रशस्त पाईन्छ । आँखाको ज्योतिको लागि अनार खानुस् ।
६. यसमा पाइने आइरनले शरीरमा रगतको कमी (एनीमिया) हुन दिँदैन ।
७. अनारमा पाइने भिटामिन सी ले शरीरमा ऊर्जा दिन्छ साथै कमजोरी हुन दिँदैन ।
८. अनारमा पाइने एन्टिअक्सीडेन्टस्ले डन्डिफोर कम गर्न पनि सहयोग गर्छ ।
९. अनारको जुस पिउँदा रोग प्रतिरोध क्षमता बढ्छ ।
१०. अनारले मृगौला सम्बन्धि समस्या कम गर्न पनि मद्धत गर्छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण