गृहपृष्ठ » मुख्य समाचार, विशेषनागरिकका सुझाव समेट्ने बारे विशेष समितिले छिट्टै निर्णय गर्ने

नागरिकका सुझाव समेट्ने बारे विशेष समितिले छिट्टै निर्णय गर्ने

August 5, 2015३९० पटक

काठमाडौं, साउन २० – नागरिकका सुझाव समेट्ने बारे विशेष समितिले बिहीबारसम्म निर्णय गर्ने भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिमा नागरिकका सुझावलाई कसरी समेट्ने भन्ने विषयमा केही दिनदेखि लगातार छलफल भैरहेको छ ।

गएको आइतबार नै संवाद समितिले संविधानसभालाई प्रतिवेदन बुझाउनु पर्ने भए पनि दलहरुबीच प्रदेशको विषम कुरा नमिल्दा बिहीबार मात्र संवाद समितिले प्रतिवेदन बुझाउने तयारी भएको हो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले चाँडो प्रतिवेदन बुझाउन ताकेता गरेपछि बिहीबारसम्म विवादित विषयमा सहमति गरेर प्रतिवेदन बुझाउने नेताले बताएका हुन् ।

दलहरुबीच प्रदेशको संख्या र सीमांकनका विषयमा धेरै छलफल भएको छ । सीमा सहित ६ प्रदेश लगभग कुरा मिलेकाले बिहीबारसम्म प्रतिवेदन बुझाउने जानकारी संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले गराउनुभएको संसद सचिवालयले जनाएको छ । प्रदेशमा कुरा मिले अरु विषयले नरोकिने नेताहरुले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण