September 26, 2016४७१ पटक
सोमबार, आश्विन १०, २०७३
उदयपुर/ सुनसरीको चतराबाट रामपुर तर्फ गईरहेको बसमा शसस्त्र प्रहरी टोलिले गाजा सहित ३ जना पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल सुरक्षा वेस ठोक्सिला-१ ले सुराकीको अाधारमा ना२ ख ७५६१ नम्बरको बसमा चेकजाच गर्दा ४ किलो गाजा सहित ३ जना पक्राउ परेको हो ।
पक्राउ पर्नेमा मैनामैनी – ७ बस्ने बर्ष ३० को ईन्द्र राई, ठोक्सिला-२ बस्ने बर्ष १६ को किरण मगर र सोही ठाउँ बस्ने २३ बर्षिय युवराज राई छन् ।
पक्राउ पछि अावश्यक कारबाहि अघि बढाउन ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको शसस्त्र प्रहरी निरक्षक सुरज केसीले जानकारी दिए ।