गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमाओवादी केन्द्रको राष्ट्रिय भेला कात्तिक १० मा

माओवादी केन्द्रको राष्ट्रिय भेला कात्तिक १० मा

September 26, 2016३०८ पटक

काठमाडौं, १० असोज : नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय भेला कात्तिक १० र ११ गते राजधानीमा हुने भएको छ ।

maoist
माओवादी केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीको आगामी भेला कात्तिक १० र ११ गते आयोजना गर्ने निर्णय गरेको हो ।
माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको माओवादीले जनाएको छ ।
राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल तुल्याउने कार्यविधि, संगठन र जिम्मेवारीबारे छलफल हुने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण