गृहपृष्ठ » मनोरञ्जनपाकिस्तानमा भारतीय फिल्ममाथि रोक लगाउन माग गर्दै अदालतमा रिट

पाकिस्तानमा भारतीय फिल्ममाथि रोक लगाउन माग गर्दै अदालतमा रिट

September 26, 2016५१० पटक

काठमाडौं, १०असोज (एजेन्सी) : पाकिस्तानमा भारतीय फिल्म प्रदर्शनमा तत्काल रोक लगाइनु पर्ने मागसहित अदालतमा रिट परेको छ ।
पाकिस्तानमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाइनु पर्ने मागसहित वकील इश्तयाक चौधरीले शनिबार त्यहाँको लाहौर उच्च अदालतमा रिट निवेदन दायर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

bollywod
भारतमा रहेका पाकिस्तानी कलाकारलाई तुरुन्त भारत छोडन भनिएकाले यस्तो अवस्थामा पाकिस्तानी सिनेमा घरमा पनि भारतीय फिल्म चलाउन नहुने चौधरीको तर्क छ ।
दायर रिट निवेदनमा पाकिस्तानको सिनेमाघरमा चलिरहेका भारतीय फिल्ममा रोक लागउन पनि अदालतसँग आदेश माग गरिएको छ ।
भारत प्रशासित कश्मीरको उरी क्षेत्रमा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनावको अवस्था पाकिस्तानको सीमामा भारतले सेना तैनात गरेको चौधरीको भनाई छ ।
उक्त रिट निवेदनमाथि सुनवाई गर्नु अघि लाहौर उच्च अदालतले पाकिस्तानको केद्रीय सरकार र सेन्सर बोर्डलाई सूचना जारी गरेर जवाफ मागेको छ । उक्त रिट निवेदनमाथि सेप्टेम्बर २७ मा सुनुवाई हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण