गृहपृष्ठ » मुख्य समाचार, समचारअनुदान बितरणको ठोस कार्यविधि बनाइदै

अनुदान बितरणको ठोस कार्यविधि बनाइदै

September 26, 2016२५२ पटक

काठमाडौं, १० असोज  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा भूकम्प प्रभावितहरुलाई दिने अनुदान वितरणको सयन्त्रण, कार्यविधी र दशैअघि दिने रकमका विषयमा छलफल हुनेछ । भूकम्प पीडितलाई तत्काल अनुदान पुर्याउने र मापदण्डमा नपरेकालाई दिने सहायतका विषयमा पनि निर्णय गर्न बैठक बोलाइएको छ ।
हिजोको बैठकमा कामको प्रगति विबरणका विषयमा बढी छलफल भएपनि आज आगामी योजनामा बैठक केन्द्रित हुने पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाएका छन् ।
अाइतबारसम्म ३ लाख ९३ हजार ६ सय ७७ घरधुरीलाई पहिलो किस्ता वापतको ५० हजार रुपैया उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । अझै ७९ हजार १ सय ६७ घरधुरीसँग अनुदान सम्झौता गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण