गृहपृष्ठ » मुख्य समाचार, समचारअधिकारी हत्या प्रकरण बारे आज ११ जना वकिलले थप बहस गर्ने

अधिकारी हत्या प्रकरण बारे आज ११ जना वकिलले थप बहस गर्ने

September 26, 2016२५९ पटक

चितवन, असोज १० । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आज पनि सुनुवाई जारी रहेको छ । आज(सोमबार) ११ जना वकिलले थप बहस गर्ने छन् । आइतबार जिल्ला न्यायाधीश टेकनारायण कुवँरको एकल इजलासमा वादी र प्रतिवादीको तर्फबाट ९ जनाले बहस गरेका थिए ।

adalat

बहसका लागि नाम टिपाएका २० मध्ये जिल्ला न्यायाधिवक्ता मणीराम न्यौपाने र सहायक जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारी तथा अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम गिरी, आशिकराम कार्की, इन्द्र अर्याल, गोपालकृष्ण घिमिरे, पुष्पराज पौडेल र काशीराम ढुंगानाले बहस गरिसकेका छन् ।

प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले यो अन्तिम पेशी तोकिएको हो । २०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीले कृष्णप्रसाद अधिकारीको रत्ननगरमा हत्या गरेका थिए ।

सोही आधारमा उनका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।

त्यसको एक वर्ष ६ महिनापछि मृतकका दाजु नूरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो ।

सो घटनामा संलग्न भनिएका दुई जना अझै सम्पर्कमा आएका छैनन् । कृष्णप्रसादको हत्यारालाई कारवाही माग गर्दै अनशनरत रहँदै दुई बर्ष पहिले नन्दप्रसादको निधन भएको थियो ।

नन्दप्रसादकी पत्नी गंगामायाले भने लामो समयदेखि वीर अस्पतालको शैयाबाटै संघर्ष जारी राख्दै आएकी छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण